+
+
Shares

पूर्वमन्त्री खरेल महान्यायाधिवक्तामा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ८ गते १६:५०


८ फागुन, काठमाडौं । पूर्वकानूनमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियक्त भएका छन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललार्इ महान्यायाधिवक्ता नियक्त गरेकी हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वमन्त्री खरेललाई महान्यायाधिवक्ता बन्न प्रस्ताव गरेका थिए, जसलार्इ एमाले नेता समेत रहेका खरेललेस्वीकार गरे ।

‘उहाँले चाहेको भन्दा पनि प्रधानमन्त्रीको प्रस्ताव हो’ खरेल निकट स्रोत भन्यो, ‘प्रधानमन्त्रीलाई सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्न रहृयो । सहयोग गर्ने भनेको प्रस्ताव मान्नु हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?