Comments Add Comment

प्रचण्डको हातबाट रेणु सम्मानित

८, फागुन, चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातबाट सम्मान पाएकी छन् ।

भरतपुर महानगरपालिका-२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयले वार्षिकोत्सवका अवसरमा पूर्वविद्यार्थीसमेत रहेकी रेनु दाहाललाई सम्मान गरेको हो । रेणुलाई प्रमुख अतिथि रहेका प्रचण्डले सम्मान गरेका हुन् ।

विद्यालयको ६३ औं वाषिर्कोत्सव समारोहको अवसरमा विभिन्न क्षेत्रमा प्रगति गरेका पूर्वविद्यार्थी मध्ये दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बन्न सफल भएको भन्दै सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रदेश ३ (ख)का प्रदेशसभा सदस्य रामलाल महतो, जिल्ला समन्वय समिति चितवनकी सदस्य सीता पुन, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुण भण्डारी, वडा नम्बर २२ का अध्यक्ष विष्णु महतो, सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा नम्बर १४ का अध्यक्ष प्रकाश गुरुङ तथा गायक अमर विरही गुरुङ र सागर आलेलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले विद्यालयसँग अाफ्नो राजनीतिक मात्र नभइ पारिवारिक र विशिष्ट सम्बन्ध रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment