Comments Add Comment

राष्ट्रपतिको कामना : नारायणगढ मुग्लिन सडक चाँडै बनोस्


८, फागुन, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डका बारेमा चासो राखेकी छन् ।

राष्ट्रपति भण्डारीले नारायणगढ मुग्लिङ सडकखण्डमा दुर्घटना बढेको र जनधनको क्षति भइरहेको प्रति चिन्ता व्यक्त गर्दै स्तरोन्नतीको काम चाँडै सक्नुपर्ने बताइन् ।

यो सडकले सिंगो देशलाई नै प्रभाव पार्ने भएकाले चाडो निर्माण हुनुपर्ने उनको भनाइ छ ।

नारायणगढ मुग्लिन सडकखण्डको विकास र स्तरोन्नतीपछि चितवनको पर्यटन व्यवसाय फस्टाउने उनको विश्वास छ ।

पूर्वी चितवनको जिरौनामा निर्माण गरिएको श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिरको उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले औद्योगिक, पर्यटन, धार्मिक र उद्यमशीलताको विकासमा चितवन जति सम्भावना अन्यत्र नभएको भन्दै त्यसको उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

चितवनमा सबै खालको विकासका प्रचुर सम्भावना भएकोले योजनावद्ध विकासमा जोड दिनुपर्ने बताएकी छन् । पर्यटनसँग जोडिएका जैविक विविधता र चितवन राष्ट्रिय निकुञ्जमा रहेका एकसिंगे गैंडा, बाघ र अन्य जन्तुको संरक्षणमा समुदायस्तरबाट लाग्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

चितवनको वन्यजन्तु र थारु संस्कृतिका कारण नेपाल विश्वमाझ परिचित हुँदै गएको भन्दै राष्ट्रपति भण्डारीले भनिन्, स्थानीय तह र केन्द्रीय सरकारले संरक्षण र प्रचार प्रसारमा जोड दिनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment