Comments Add Comment

हारबाट जोगियो बार्सिलोना, चेल्सीसँग बराबरी

९ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बार्सिलोना र चेल्सीले एक-एक गोलको बराबरी खेलेका छन् । अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति यी दुई टिम भिडेका थिए ।

गोलको अग्रता भने घरेलु टोली चेल्सीले लिएको थियो । चेल्सीका लागि ६२ औं मिनेटमा विलियनले गोल गरेका थिए । तर, ७५ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै हारबाट जोगाए । त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

बार्सिलोना र चेल्सीबिच यसअघि भएका ८ खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment