Comments Add Comment

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा


९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्ने पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । खासगरी बम्प–स्टक (अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण)को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने ट्रम्पको भनाइ छ ।

ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराए ।

बम्प–स्टक उपकरण प्रयोग गरेपछि अर्धस्वचालित राइफलबाट समेत मेसिनगनकै रफ्तारमा गोली चलाउन सकिन्छ । उक्त उपकरण अमेरिकामा करिब एक सय डलरमा खरिद गर्न सकिन्छ । सो उपकरण प्रयोग गरेर एक बन्दुकधारीले गत वर्ष लासभेगासमा ५८ जनाको ज्यान लिएका थिए । हालै एक विद्यालयमा पनि बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु भएको थियो । स्कुले विद्यार्थी गोलीको निशाना बनेपछि अमेरिकामा बन्दुक राख्न दिने कि नदिने भन्ने विषयमा बहस सिर्जना भएको छ ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पका अनुसार उनले विद्यालयको सुरक्षालाई उच्च प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment