Comments Add Comment

डा. केसीले सार्वजनिक गरे आफ्नो नागरिकता

९ फागुन, काठमाडौं । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् ।

उनले त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए ।

पत्रकार सम्मेलनमा उनले नागरिकता र प्रमाणपत्र सार्वजनिक गरी पत्रकारहरुलाई फोटो खिच्न दिएका छन् ।

हेर्नुस् पत्रकार सम्मेलन लाइभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment