Comments Add Comment

एमाले स्थायी कमिटी बैठक जारी, मन्त्रिपरिषद बिस्तारको तयारी

११ फागुन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बसेको हो ।

एमाले र माओवादीबीच बिहीबार मात्रै मन्त्रालयको भागबण्डामा कुरा मिलेको थियो । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री छनोट गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने मन्त्री छान्न बैठक बसेको जानकारी दिएको छ ।

एमाले–माओवादीबीच मन्त्रालय भागबण्डा मिलेपछि ओली सरकार विस्तारको तयारीमा छन् । तर मन्त्रीका आकांक्षी धेरै हुँदा दुवै पार्टीलाई मन्त्री छनोट गर्न हम्मे परिरहेको छ ।

बालुवाटार स्रोतका अनुसार, एमाले–माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

एमाले अध्यक्ष ओली  फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले एमालेबाट २ मन्त्री थपेर शपथ गराए पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका  छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment