Comments Add Comment

स्टाइलिस अभिनेत्री सोनम कपुरले खुलाइन्, सेलिब्रेटीको सौन्दर्य राज

बलिउड अभिनेत्री सोनम कपुर निकै फेसनेवल छिन् । अक्सर बलिउडमा उनको फेसनको चर्चा हुन्छ । अनिल कपुरकी यी स्टाइलिस छोरीले आफ्नो सौन्दर्यका बारेमा केहि खुलासा गरेकी छिन् । उनले शोसल मिडियामा साझेदार गरेकी उक्त पोस्ट निकै भाइरल भएको छ । पोस्टमा उनले खुलाएकी छिन्, ‘स्त्रिmन वा सार्वजनिक स्थानमा देखापर्नुअघि आफुलाई सुन्दर देखाउन कति मिहेनत गर्नुपर्छ ?’

वास्तवमा सोनमाको यो खुलासाले सेलिब्रेटी र सामान्य युवतीबीच किन भिन्नता देखिन्छ भन्ने कुरा स्पष्ट पार्छ । साथसाथै सेलिब्रेटी जस्तै सुन्दर देखिन चाहने युवतीहरुले पनि यसबाट पाठ सिक्न सक्छन् ।

सोनमको सौन्दर्य राज

सोनमले लेखेकी छिन्, ‘हरेक युवती ऐनाको अगाडि उभिएर स्वंमलाई हेर्दै यो सोच्छन् कि, म सेलिब्रेटी जस्तो किन देखिन्न ? त म ति सबै युवतीलाई बताउन चाहन्छु कि, कुनैपनि सेलिब्रेटी बिहान उठ्नसाथ यस्तो देखिदैनन्, जस्तो तपाईहरु सोच्नुहुन्छ । सत्य त यो हो कि, सार्वजनिक स्थानमा आउनुअघि मलाई ९० मिनेट मेकअप चियरमा विताउनुपर्छ । कसैले मेरो केस बनाउँछन्, कसैले मेरो मेकअप । कतिले मेरो नङ बनाइदिन्छन् । हरेक हप्ता मेरो आइब्रोको सेप दिइन्छ ।’

यति धेरै मिहेनत

सोनम अगाडि लेख्छिन्, ‘मेरो शरीरमा कन्सीलर लगाइन्छ । जहाँ मैले कहिल्यै सोचेको पनि हुन्न, त्यहाँ पनि कन्सीलर प्रयोग गरिन्छ । राम्रो ज्यानको लागि मलाई बिहान ६ बजे उठ्नुपर्छ र साढे सात बजेसम्म जिम गर्नुपर्छ । शरीरलाई फिट राख्नका लागि म साँझ पनि व्यायाम गर्छु । सुत्नुअघि पनि व्यायाम गर्छु ।’

मेरो खानपानका लागि छुटै सहयोगी

‘राम्री देखिनका लागि मेकअप र जिम मात्र होइन, मलाई पुरा दिन के खाने, के नखाने भन्ने कुरामा ध्यान राख्नुपर्छ । यसका लागि एक जना त पुरै दिन मसँग हुन्छन् । मेरो खानेकुरामा त्यती चिज सामेल हुँदैन, जति मेरो फेस प्याकमा प्रयोग गरिएको हुन्छ ।

यसका साथै मेरो कपडा तयार गर्नका लागि एउटा टिम नै काम गरिरहेका हुन्छन् । यी सबैको पछि म आकर्षक देखिन भने फोटोलाई फोटोसप गरिन्छ ।’

पहिरनको लागि टिम नै खटिन्छन्

‘मैले यसअघि पनि भनिसकेको छु कि, सेलिब्रेटीको लुकको पछाडि धेरै टिम, धेरै पैसा र धेरै समय खर्चिएको हुन्छ । यी सबैको एकमुष्ठ मिहेनतपछि सेलिब्रेटी लुक आउँछ । जो तपाई देख्नुहुन्छ, त्यो सत्य होइन । यदि अर्को पटक कुनै १३ बषिर्य किशोरीले म्यागजिनको कभरमा सेलिब्रेटीलाई घुरेर हेरिरहेको छ भने उनलाई तपाई यो मिथ तोड्न नभुल्नुहोस् । तपाई बताइदिनुहोस् कि, तिमी स्वंम एकदम राम्री छौं । उनको दिमाग र स्माइलको तारिफ गर्नुहोस् । उनको दिमागमा यो आउन नदिनुहोस् कि, उनमा कुनै कमी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment