Comments Add Comment

दार्चुलाका ३ गाउँपालिकामा विद्युतीकरण गर्न स्थानीयको माग


१३ फागुन, दार्चुला । दार्चुलाका २ र बैतडीको १ स्थानीय तहलाई तत्काल विद्युतीकरण गर्न चमेलिया जलविद्युत आयोजनास्थल बलाँचका स्थानीयले माग गरेका छन् । उनीहरुले माग पूरा नभए अनसन बस्ने चेतावनीसमेत दिएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र मार्मा गाउँपालिका साथै बैतडीको डिलाशैनी गाउँपालिकालाई तत्काल विद्युतीकरण गर्न खानेपानी मुल संघर्ष समितिले माग गरेको हो ।

चमेलिया जलविद्युत् आयोजनाको काम सञ्चालनका बेला स्थानीयलगायतका सरोकारवालासंग भएको लिखित तथा मौखिक सम्झौताहरु कार्यान्वयन नगरी आयोजनाको उदघाटन गरिएकोमा बलाँचका स्थानीयहरु आक्रोसित भएका छन् ।

आयोजना स्थल नजिकका अर्थात् प्रभावित क्षेत्रहरु तत्काल विद्युतीकरण गर्ने लिखित तथा मौखिक सम्झौता भएको तर आयोजनाको उदघाटन भइसक्दा समेत प्रभावित क्षेत्रहरुमा विद्युत् सेवा विस्तार नगरेको प्रति स्थानीयहरु आक्रोशित भएका हुन् । जिल्लामै राष्ट्रिय गौरवको आयोजना अर्थात् प्रदेश नम्बर ७ कै सबैभन्दा ठूलो आयोजना निर्माण सम्पन्न भए पनि विभेद गरेर अन्धकारमा राखिएको गुनासो स्थानीयहरुको छ ।

खानेपानी मूल संघर्ष समितिले आयोजनामा निर्माणका क्रममा सुकेका खानेपानी र सिंचाईका मुहानहरुको स्थायी र दीर्घकालिन समाधान गरिनुपर्ने, आयोजनाबाट प्रत्यक्ष रुपमा विस्थापीत र प्रभावितहरुको रोजगारीको सुनिश्चिता, आयोजनाको निर्माणबाट प्रभावित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, र बैतडीको डिलाशैनी गाउँपालिकामा निःशुल्क रुपमा विद्युतीकरण गर्नु पर्ने लगायत माग राखेको खानेपानी मूल संघर्ष समितिका सचिव सुरेन्द्रबहादुर तितराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment