Comments Add Comment

मुटुरोगीलाई सहयोग गर्नेछ आइफोनको नयाँ एप

एप्पलको आइफोनका लागि तयार गरिएको एक नयाँ एपले मुटु सम्बन्धी रोगबाट ग्रसित मानिसहरुका लागि निकै उपयोगी सावित हुनेछ ।
उक्त एपले हार्ट अट्याकबाट बँच्न सफल मानिसहरुलाई थप जोखिमबाट बचाउनुका साथै आफ्नो स्वास्थ्यका बारेमा ख्याल राख्नमा सहयोग गर्नेछ ।

कोरी नामको यो एप एप्पलको केयरकिट प्लाटर्फममा पहिलो मुटुस्वास्थ्य सम्बन्धी एप हो र यसले प्रयोगकर्तालाई मुटुको समस्याका बारेमा तथा अस्पतालमा उपचार तथा डिस्चार्ज प्रक्रिया लगायतका सम्पूर्ण विषयमा जानकारी प्रदान गर्नेछ ।

यो एपका माध्यमबाट बिरामीले हृदयाघातपछि आफ्नो औषधोपचार, फलोअप, स्वस्थ र जोखिममुक्त जिवनशैली कसरी कायम गर्ने भन्ने बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका शोधकर्ता विलियम यांगका अनुसार हृदयाघातबाट गुज्रिएका र बाँच्न सफल भएका मानिसहरु सामान्य जिवनमा फर्किनका लागि निकै कठिनाईको सामना गर्नुपर्दछ ।

सोही कारण बिरामीहरुले आफ्नो बारेमा आफै ख्याल पूराउन सकून् र उपलब्ध सेवाहरुको लाभ उठाउन सकून् भनेर आइफोनको उक्त एपको विकास गरेको उनको भनाइ छ ।

उक्त एपको मद्धतले बिरामीले आफ्नो उपचारको पूर्णरुपमा ट्रयाक गर्न सक्दछन् । आफ्नो ख्याल कहिले र कसरी राख्नुपर्दछ भन्ने विषयमा जानकारी पाउँछन् । साथै यो एपलाई एप्पल वाचसँग सिंक्रोनाइज गरी मुटुको दर तथा रक्तचापलाई पनि निगरानी गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment