+
+
Shares

प्रदेश ५ : बिजनेस नपाएर स‌ंसद १५ दिन स्थगित

अर्को बैठक फागुन २७ गते

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १५:२०


१३ फागुन, बुटवल । प्रदेशसभा ५ को आइतबार दिउँसो १ बजे डाकिएको बैठक स्थगित भएको छ ।

संसद विजनेसविहीन भएकाले बैठक स्थगित गरिएको संसद् सचिवालयका सचिव मानबहादुर बिकेले जानकारी दिए ।

अब संसद् बैठक यही फागुन २७ गते बस्ने उनलेे बताए । सरकारले संसद्लाई बिजनेस दिन नसकेपछि संसद् बैठक यति लामो समयसम्म स्थगित गर्नुपरेको उनको भनाइ छ ।

यसअघि फागुन ६ गते बसेको बैठकले प्रदेशसभा सञ्चालन नियमावली बनाउन समिति गठन गरेको थियो । सो समितिलाई १५ दिनको म्याद दिइएको थियो ।

फागुन ६ गतेको संसद बैठकले फागुन १३ गतेका लागि बैठक डाकेको थियो । तर संसद सचिवालयमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?