१३ फागुन, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनताकाे गुनासो सुन्न घरघरमा जाने घोषणा गरेका छन् ।
आइतबार प्रदेश २ मा सुशासन कायम गर्न ११ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उनले प्रदेशभित्रका गाउँपालिका, नगरपालिका, वडा तथा टोलमा पुगेर जनताको गुनासो आफैले सुन्ने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री राउतले आफ्नो कार्यालय मातहतमा हेल्लो प्रदेश सरकार स्थापना गर्ने पनि घोषणा गरेका छन्, जहाँ सर्वसाधारणले निशुल्क टेलिफोन गररुी गुनासो गर्न सक्नेछन् ।
मुख्यमन्त्री राउतले सर्वसाधारणले आफ्ना गुनासोहरु इमेलमार्फत पनि मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने व्यवस्था गरेका छन् ।
त्यस्तै उनले जनताले सिधै गुनासो गर्न पाउने गरी सञ्चार माध्यममा जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4