Comments Add Comment

७ महिनाअघि भत्केको धरान-भेडेटार सडक नबन्दा सास्ती

१३ फागुन, इटहरी । गत साउन २८ गते आएको पहिरोले भत्केको धरान-भेडेटार सडकखण्ड मर्मत नुहँदा यात्रु र सवारीहरुलाई सास्ती भएको छ ।

१७ किलोमिटर लामो धरान-भेडेटार सडकको निशाने खोला र आँपगाछि क्षेत्रवीचको २०० मिटर सडक तीन महिना अगाडि निरन्तरको वर्षातले बगाएको थियो । तर, कोशी क्षेत्रको व्यस्त सडक बगेको तीन महिना बितिसक्दा पनि सडक पुरानै अवस्थामा संचालन हुन नसकेपछि समस्या भएको सवारी चालकहरुको दुःखेसो छ ।

सवारी चालकहरु मात्रै हैन भेडेटारका पर्यटन व्यवसायीहरु पनि धरान-भेटेटार जस्तो व्यस्त सडकखण्ड चाँडो मर्मत नगरेर धेरै असहज भएको बताँउछन । ‘अहिले भेडेटार घुम्न मात्रै हरेक हप्ता पाँच हजार बढि पर्यटकहरु त भारतबाट आँउछन अनि आन्तरिक पर्यटकहरुको चाप पनि राम्रै छ तर सडक भने खत्तम छ,’ भेडेटारका होटल व्यवसायी विष्णु श्रेष्ठ भन्छन, ‘सडक मर्मत नहुँदा विदेशी पाँउनाहरुलाई धेरै समस्या भएको छ ।’

बगेको सडकखण्डमा हाल एकातफिर् पहिरोले बगाएको कमजोर डिल भएकोले जतिवेला पनि सडक र्झन सक्ने भन्दै सवारी चालकहरुले गुनासो गरेपनि सम्बोधन हुन नसकेको उनीहरुको भनाइ छ ।

हाल पहिलो गएको क्षेत्रमा फाउन्डेसन वाल लाउन सुरु भएको भएपनि ढिलो काम हुँदा समस्या भएको उनीहरुको भनाइ छ । पहिरो गएको सडक खण्डमा मात्रै हैन ठाँउठाँउमा सडकका खाल्डाहरु नपुरिदा सवारी आवागमनमा समस्या थपिएको छ ।

पहिरो क्षेत्रमा मात्रै नभएर भेडेटार जाने सडकमा ठाउँठाउँमा खाल्डाखुल्डिहरु बढेकोले त्यो पनि अर्को समस्या भएको सो सडक भएर नियमित यात्रा गर्नेहरु बताँउछन ।

‘जसरी हामीले सवारी कर र सार्वज्निक सडक प्रयोगको कर तिरेर सहयोग गरेका छौँ’, पहिरो क्षेत्रको जाममा भेटिएका इटहरीका युवा सन्तोस निरौला भन्छन, ‘अब सडक विभाग र सरकारले पनि यो सडक चाँडो गतिमा बनाएर हामीलाई सहयोग गर्नु पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment