Comments Add Comment

१० खानेकुरा, जसले निर्खाछ अनुहारको सुन्दरता

सुन्दर अनुहार को चाहँदैन ? चमकदार छाला को चाहँदैन ? तर, यसका लागि बिहान-बेलुकी क्रिम घसेर मात्र पुग्दैन ।

सौन्दर्य प्रशाधनले मानिसलाई क्षणिकरुपमा सुन्दर बनाउँछ, जुन दिगो हुँदैन । दिगो सुन्दरताका लागि भने आफ्नो जीवनशैलीमै सुधार ल्याउनुपर्छ । विशेषतः खानपानमा । यहाँ हामी १० वटा खानेकुराहरु सिफारिस गर्दैछौं, जसको सेवनले तपाईं सुन्दर अनुहार र स्वस्थ छाला पाउन सक्नुहुन्छ ।

करेला

-करेलाले रगतलाई सुद्ध गर्छ, त्यसैल यसको सेवनले डण्डीफोर आउँदैन ।

-भिटामिन ए बाट भरपुर करेला एउटा राम्रो एन्टिअक्सिेडेन्ट हो, जसले छालालाई स्वास्थ बनाइराख्छ ।

-करेलाले एन्टी एजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान देखिन्छ ।

-अनुहारमा डण्डीफोरका गाढा दाग छन् भने करेलाको पत्ता पिसेर लगाउँदा फाइदा मिल्छ ।

परवर

-परवरले पनि रगत सुद्ध गर्ने काम गर्छ, जसले गर्दा छालासम्वन्धी समस्याहरु आउँदैनन् ।

-परवरको नियमित सेवन गर्दा स्किन एलर्जीबाट छुट्कारा मिल्छ ।

-दाद र लुतोमा परवरको पत्ताको रस लगाउँदा पूर्णरुपमा निको हुन्छ ।

मेथी

-मेथीको सेवनले पेट सफा रहन्छ, जसले गर्दा छाला स्वस्थ र कान्तियुक्त देखिन्छ ।

-मेथीको सेवनले छालाका रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।

-मेथीको पत्ताको रस वा मेथी पिसेर कपाल धुनाले काल चमकदार र मजबूत हुन्छ ।

मुला

-मुलाको तरकारी खाने वा मुलाको रस पिउने गर्दा रगत शुद्ध हुन्छ र डण्डीफोर आउँदैन ।

-एक महीनासम्म लगातार मुला खानाले डण्डीफोरका दाग-धब्बाहरु कम हुन्छन् ।

-मुला काटेर डण्डीफेारमा रगड्दा डण्डीफोर गायब हुन्छ ।

-मुलाको रसमा तिलको तेल मिलाएर कपालको मसजा गर्दा कपाल र्झन कम हुन्छ ।

लसुन

-एन्टी अक्सिडेन्ट गुणयुक्त लसुन खानाले छाला शुन्दर देखिन्छ ।

-नियमि लसुनको सेवनले तपाईंको र तपाईंको छालाको आयू लामो हुन्छ र छाला जवान देखिन्छ ।

-डण्डीफोरमा लसुनको कल्ली पिसेर दल्दा फाइदा हुन्छ ।

टमाटर

-भिटामिन ए र सीबाट भरपूर टमाटरको सेवन गर्दा डण्डीफोर आउँदैन र छाला स्वस्थ रहन्छ ।

-टमाटरको नियमित सेवनले छालामा चमक आउँछ ।

-अनुहारमा टमाटर लगाउँदा रौंका छिद्रहरु बन्द हुन्छन् ।

 अंगुर

-नेचुरल स्किन गार्ड अंगुरको सेवनले घामको प्रभावबाट छालालाई जोगाउँछ ।

-अंगुरको सेवनले छालाको चाउरीपन कम हुन्छ । यसबा लामो समयसम्म छाला जवान देखिन्छ ।

-भिटामिन सीबाट भरपूर अंगुर खानाले केवल छालाको मात्र नभएर कपाल र आँखाको पनि सुन्दरता बढ्छ ।

कागति

– कागतिको सेवनले भिटामिन सीको पूर्ति हुन्छ । यसबाट छाला स्वस्थ बनिरहन्छ ।

-अनुहारमा कागतिको रस लगाउँदा डण्डीफोरका दागहरु लोप हुन्छन् ।

-कागतिको रस लगाउनाले छाला र कपाल दुवैमा चमक आउँछ ।

-कपालमा कागतिको रस लगाउनाले कपाल चायामुक्त हुन्छ ।

अमला

-अमला छालाका लागि मात्र नभएर कपालका लागि समेत फाइदाजनक छ । अमलाको सेवनले छालामा चमक आउनुका साथै कपाल लामो, बाक्लो र मजबुत हुन्छ ।

-अमलाको नियमित सेवनले चाउरीपनाको समस्या पनि कम हुन्छ ।

-अनुहारमा अमला पाउडर लगाउँदा छालामा निखार आउँछ ।

अदुवा

एन्टि एजिङ गुण भएको अदुवाको सेवनले छाला लामो समयसम्म जवान रहन्छ ।

दैनिक बिहान खाली पेटमा अदूवा चपाउँदा छाला आकर्षक र सुन्दर देखिन्छ ।

अदुवाको रस निकै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउँदा छला चम्किलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment