+
+
Shares

हेटौंडा उपमहानगरले सुरु गर्‍यो इजलास, पहिलो सुनुवाई पत्नी पीडितको

राजन दाहाल  राजन दाहाल
२०७४ फागुन १४ गते १८:१३

१४, फागुन, हेटौंडा । स्थानीय तहमा कानुनी अधिकार प्रत्यायोजन गरेपछि हेटौंडा उपमहानगरपालिकामा गठित न्यायिक समितिले इजलास सुरु गरको छ ।

अदालत पुग्नुपूर्व उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा गठन भएको समितिले आजबाट इजलास सञ्चालनमा ल्याएको हो ।

इजलासले सोमबार नै सम्बन्ध बिच्छेदका लागि परेको मुद्धाको फैसला गरेको छ । उपमहानगरपालिकामा न्यायिक समितिको सोमबार भएको पहिलो इजलासले  २२  कात्तिक ०७४ मा सम्बन्ध बिच्छेद सम्बन्धी परेको मुद्दाका बादीप्रतिबादीलाई उपस्थित गराएर मेलमिलाप गराएको छ ।

हेटौंडा-१७ का ३० वर्षीय दिनेश गौतमले आफ्नो श्रीमती बिगत तीन वर्ष यता आफूसँग नबसी माइत बस्दै आएको भन्दै सम्बन्ध बिच्छेदका लागि उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।

समितिका संयोजक मीना लामा, सदस्य इन्द्र नेपालको इजलासले सम्बन्ध बिच्छेदको मुद्धामा दुबैपक्ष उपस्थित गराई मेलमिलाप गराएको छ ।

स्थानीय तहमा कानुनी अधिकार प्रत्यायोजन भएपछि समितिले अधिकार प्राप्त उपमहानगरपालिकाले हेर्ने २४ वटा मुद्धा मध्ये १३ वटा विषयमा सुनुवाई गर्नेछ भने ११ वटा बिषयमा मेलमिलाप गराइने संयोजक लामाले बताइन् ।

न्यायिक इजलासले गरेको फैसलाप्रति चित्त नबुझेमा पुनराबेदनको लागि अदालतमा समेत जान सकिने छ । न्यायिक समितिमा हालसम्म १० वटा विषयमा उजुरी दर्ता भएको समितिले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकामा गठित न्यायिक इजलासले साताको एकदिन हरेक शुक्रबार इजलास सञ्चालन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?