Comments Add Comment

के हो संसारकै स्वस्थ्य खानेकुरा ?

अफसोचको कुरा त के छ भने, धेरैजसो हामी मसलेदार, तारेको, भुटेको, पीरो-अमिलो खाना खान्छौं । सन्तुलित र स्वस्थ्य खाना खाँदैनौ । यसको केहि कारण छन् । पहिलो कारण त यो हो कि, हामीसँग सन्तुलित खाना खाने समय छैन । हामी दिनभर हतारमा छौं ।

हामीसँग हरेक काम गर्ने समय हुन्छ । तर, आरमसाथ स्वस्थ्य खानपान गर्ने समय हुँदैन । त्यसैले हतारमा जे भेटिन्छ, त्यही खाइदिन्छौं । जहाँ भेटिन्छ, त्यही खाइन्छ । पेटभर खान पाए पुग्यो । कतिलाई चाहि यो कुरा थाहा हुँदैन कि, कुन खानेकुरा खाने, कुन खानेकुरामा पोषक तत्व मिल्छ ?

हामी कसरी तन्दुरुस्त र स्वस्थ्य रहने भन्ने कुरामा केहि अध्ययन/अनुसन्धान भएको छ । हाम्रो स्वास्थ्यसँग खानपानको प्रत्यक्ष सम्बन्ध रहन्छ । अध्ययनबाट यस्ता खानपानको सूची तयार गरेका छन्, जसले हाम्रो शरीरलाई लाभ गर्छ ।

बदाम प्रोटीनको राम्रो स्रोत हो । यसमा मोनो अनसेचुरेटेड फ्याट हुन्छ, जसले हृदयलाई स्वस्थ्य राख्छ । दिनहुँ पाँच देखि सात वटा बदाम खानु स्वास्थ्यका लागि फाइदाजनक छ । १ सय ग्राम बदाममा ५ सय ९७ किलो क्यालोरी हुन्छ । वैज्ञानिक अनुसार यसको पोषक स्कोर हो, ९७ ।

बदामका साथै किशमिश पनि स्वास्थ्यका लागि फाइदाजक छ । यो तीन रंगमा पाइन्छ, रातो, हल्का हरियो र कालो । ष्किो पोषक स्कोर हो, ५१ ।

यदि हामी मांसाहारी हौं भने, समुन्द्री खानेकुरा एकदमै राम्रो हुन्छ । रेड स्नाइपर नामको माछामा खास पोषक तत्व हुन्छ । यो स्वास्थ्यका लागि फाइदाजक हुन्छ । तर, यो खानुअघि केहि सावधानी अपनाउनुपर्छ । किनभने यसमा खतरनाक टक्सिन पनि हुन्छ ।

यदि यसलाई राम्ररी सफा गरिएन भने, रेड स्नाइपर फाइदाजनक होइन, बरु हानिकारक हुनसक्छ ।

कागति र सुन्तला पनि स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ । यो भिटामिन सिको राम्रो स्रोत हो । यसले हाम्रो छालामा चमक ल्याउँछ । पाचन क्रियामा पनि सघाउ पुर्‍याउँछ । एसिडिटीको समस्या झेलिरहेकाहरुलाई पनि यो उपयोगी हुनसक्छ ।

अनार एन्टि अक्सिडेन्टको राम्रो स्रोत हो । यसमा आइरन पनि पाइन्छ । दिनहुँ आफ्नो खानामा अनार सामेल गर्ने हो भने हेमोग्लोबिनको कमी हुँदैन ।

मौसम बद्लिदैछ । गर्मी चढ्दैछ । यस मौसमा पानीको आवश्यक्ता हुन्छ, शरीरलाई । यस्तो फल एवं सब्जी खानु्पर्छ, जसले पानीको अभाव पूर्ति गर्न सक्छ । कांक्रा, तरबुजा आदि फलमा पानी पर्याप्त मात्रामा पाइन्छ ।

तरबुजामा फाइबर पनि हुन्छ । यो पेट तथा आन्द्राको लागि फाइदाजक मानिन्छ ।

गोभी तथा ब्रोकाउली पनि स्वास्थ्यका लागि एकदमै फाइदाजक मानिन्छ । भनिन्छ, ब्रोकाउलीमा स-सना किराहरु रहेका हुन्छन् । त्यसैले राम्ररी सफा गर्नुपर्छ ।

गाजर त स्वास्थ्यका लागि रामबाण नै भनिन्छ । जाडो याममा गाजर उपयोगी हुन्छ । यसको विशेषता के भने, यसलाई पकाएर खान सकिन्छ, काँचो पनि । गाजर एघार बर्षअघि अफगानिस्तानमा उत्पादन गरिएको मानिन्छ । त्यसपछि विश्वमा यो फैलिएको हो । गाजरमा फाइबर, भिटामिन ए, आइरन पर्याप्त पाइन्छ । यसले रगत सफा गर्न सहयोग गर्छ ।

फलवाला सब्जीमा कोलेस्ट्रोर हटाउने क्षमता हुन्छ । सिमी लगायतका सब्जीले शरीरमा जमेको कोलेस्ट्रोल घटाउँछ । -बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment