Comments Add Comment

प्रदेश ३ का मुख्यमन्त्रीले भने – काठमाडौंका डाक्टरलाई गाउँ पठाउँछु


१५ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा रहेका डाक्टरलाई केन्द्रीय राजधानी बाहिर ग्रामीण भेगमा परिचालन गर्ने बताएका छन् ।

छैटौं स्वास्थ्य सेवा दिवसमा आयोजित कार्यक्रममा पौडेलले यस प्रदेशका ६० प्रतिशत डाक्टर काठमाडौंमै रहेकाले सरकारी डाक्टरलाई ग्रामीण क्षेत्रमा पठाउनुपर्ने बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको भन्दै नीतिगत त्रुटिकै कारण देशको स्वास्थ अवस्था कमजोर बन्दै गएको दावी गरे ।

नेपालमा कार्यरत करिब ९ सय जना डाक्टरहरु शहरमा काम गर्दा गाउँका बिरामीले समयमै उपचार नपाएको मुख्यमन्त्री पौडेलले बताए ।

स्वास्थ्यकर्मीले गाउँमा गएर सेवा गर्ने बानीको विकास गरेमात्र प्रदेशमा स्वास्थ्य क्षेत्रको विकास हुने उनको भनाइ छ । प्रदेश सरकार गठनसँगै सबै क्षेत्रको विकासको लागि चुनौती र समस्या रहेको भन्दै चुनौतीको सामना गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पताल क्षेत्रीय स्तरको भए पनि स्वास्थ्य क्षेत्रमा विकास नभएको उल्लेख गर्दै हेटौंडा अस्पतालको स्तरवृद्धि गर्दै मकवानपुरको स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहेको बताए । जबसम्म शिक्षा र स्वास्थ्यको विकास हुन्न तबसम्म जति धेरै भौतिक पूर्वाधार विकास भए पनि केही नहुने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment