१६ फागुन, काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमूले–८ का २४ वर्षीय दशरथबहादुर शाही छन् ।
उनको साथबाट सुपर पावर ९० (लोला) १२ वटा, डिटोनेटर ४४ वटा, सेफ्टी फिउज २० मिटर, ५ मुठा डोरी ६ मिटर, गुलेली लगायत बरामद भएको छ ।
धादिङबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4