+
+
Shares

यसरी हुँदैछ श्रीदेवीको अन्तिम संस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते ११:४०

मंगलबार राती उनको पार्थिव शरीर दुबईबाट मुम्बईस्थित उनको घर ग्रीन एकर्समा लगिएको थियो । अन्तिम दर्शनका लागि श्रीदेवी आज लोखंडवालाको सेलिब्रेशन स्पोट्र्स क्लबमा राखिएको छ । अन्तिम संस्कार मध्यन्ह चार बजेको आसपासमा हुने बताइएको छ । दुई बजे उनको शवयात्रा सुरु गरिने कार्यक्रम छ ।

श्रीदेवीको परिवारले मिडिया, फिल्म जगत र प्रशंसकहरुका लागि प्रार्थनाको लागि केही समय छुट्याएको छ । उनका प्रशंसकले विहान ९:३० देखी १२:३० सम्म श्रद्धाञ्जलि दिन सक्नेछन् ।

अहिले श्रद्धान्जलीका लागि राखिएको सेलिब्रेशन स्पोट्र्स क्लब श्रीदेवीको घरबाट एक सय मिटरको दुरीमा छ ।

अन्तिम दर्शनका लागि पुगे सेलिब्रेटी

श्रीदेवीकेा अन्तिम दर्शनका लागि हेमा मालिनी, ईशा देओल, सुश्मिता सेन, ऐश्वर्य राय, अक्षय खन्ना र उर्वशी रौतले जस्ता सेलिब्रेटी पुगिसकेका छन् ।

श्रीदेवी सेतो रंग मन पराउँथिन् । उनी आफ्ना परिवार र इष्टमित्रलाई अन्तिम समयमा सेतो रंगको होस् भन्ने गर्थिन् । यही कुरालाई ध्यानमा राखेर सेलिब्रेसन क्लबमा सम्पूर्ण तयारी गरिएको छ । सेतो पर्दा, सेतो फूल । सबै सेतो ।

शोकमा शाहरुखदेखि रजनीकान्तसम्म

बोनी कपुरका भाई अभिनेता अनिल कपुरको घरमा सान्तवना दिनका लागि सुपरस्टार शाहरुख खान, रजनीकान्त, कमल हासन पुगेका छन् । साथै रणवीर सिंह, दीपिका पादुकोण, तब्बू, रेखा, फराह खान, जावेद अख्तर आदि पनि त्यहाँ पुगे ।

राती श्रीदेवीका आफन्त मात्र

मंगलबार राती श्रीदेवीको पार्थिव शरीर उनको घरमा ल्याइयो खंडवालाको ग्रीन एकर्सबाहिर श्रीदेवीका सैंयो फ्यानको भिड लागेको थियो । प्रहरीलाई भिड नियन्त्रण गर्न गाह्रो भएको थियो । तर, राती भने श्रीदेवीको पार्थिव शरीर केवल उनका परिवारजन र पारिवारिक मित्रका साथ मात्र रहोस् भन्ने चाहे ।

दुबईबाट यसरी लिइयो पार्थिव शरीर

श्रीदेवीको पार्थिव शरीर अनिल अंबानीको चार्टर्ड प्लेनमा मंगलबार राती मुम्बई एयरपोर्ट ल्याइएको थियो । जहाजमा बोनी कपुर, संजय कपुर र अर्जुन कपुरलगायत ११ जना थिए । श्रीदेवीका सौतेनी छोरो अर्जुन मंगलवार बिहान दुबई गएका थिए । एयरपोर्टमा अनिल कपुर, अनिल अंबानीसमेत नजिकका आफन्तहरु थिए ।

आफ्ना काका अनिल कपुरको घरमा बसेका छोरी जान्ह्वी, कपुर पनि त्यहाँबाट आफ्नो घर ग्रीन एकर्समा पुगे । उनीहरुका साथ सोनम कपुर पनि थिइन् । श्रीदेवीको शरीर पहिला ग्रीन एकर्समा केहि मिनेटको लागि राखिए । त्यस क्रममा एक पन्डितले पूजापाठ गरे र श्रीदेवीको शरीर घरभित्र लगियो । उनको लासको छेउमा दियो जलाइयो ।

कहिले भयो मृत्यु ?

श्रीदेवीको मृत्यु शनिवार स्थानिय समय अनुसार राती साढे ११ बजेको भएको थियो । दुबईको जुमैरा एमिरेट्स टावर होटलको रुम नब्र २२०१ मा उनको मृत्यु भएको हो ।

शनिबार साँझ दुबईको होटलमा के भयो ?

स्थानिय समाचार अनुसार बिहेमा सरिक भएर बोनी कपुर मुम्बई फर्किए । उनीसँगै छोरी खुसी पनि फर्किइन् । अर्की जेठी छोरी जान्ह्वी भने फिल्म सुटिङको कारण बिहेमा गएकी थिइनन् ।

दुबईबाट फर्केपछि बोनी एक औपचारिक कार्यक्रममा सहभागी भए । त्यसपछि उनी पुन दुबई फर्किए । त्यहाँ उनी श्रीदेवीलाई सरप्राइज डिनर दिन चाहन्थे ।

साँझ साढे पाँचमा बोनी कपुर जुमैरा एमिरेट्स टावर होटलमा पुगे । त्यहाँ श्रीदेवी बसेकी थिइन् ।

श्रीदेवीलाई बोनीले उठाए । दुबैले १५ मिनेटजति कुराकानी गरे । त्यसपछि श्रीदेवी वाशरुम गइन् । जब १५ मिनेटसम्म पनि उनी फर्केर आइनन्, बोनीले वाथरुमको ढोका ढकढक्याए ।

भित्रबाट कुनै प्रतिक्रिया आएन । उनले ढोकामा धक्का दिएर भित्र पसे । बोनीले देखे कि श्रीदेवी अचेत अवस्थामा थिइन् । बाथटवमा डुबिरहेको अवस्थामा । बोनीले उनलाई होशमा ल्याउने प्रयास गरे तर त्यो संभव भएन । त्यसपछि उनले आफ्ना नजिकका साथीलाई फोन गरे । उनले करिब ९ बजे प्रहरीलाई फोन गरे ।

बाथरुममा बोहोस भएर लडेकी श्रीदेवीलाई दुबईकै रशीद अस्पतालमा लगियो । तर, अस्पतालले उनलाई मृत्त घोषणा गरिदए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?