१६ फागुन, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ मा दुई मन्त्री पठाउने भएको छ ।
सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् ।
राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन ।
फोरमले गृहमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव र भूमिव्यवस्थामन्त्रीमा शैलेसकुमार साहलाई पठाएको छ । फोरमले तीन राज्यमन्त्री पनि तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4