Comments Add Comment

यातायात कार्यालयका नासु ३२ हजार घुससहित पक्राउ

१६ फागुन, काठमाडौं । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।

उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment