+
+
Shares

एक वर्षपछि काठमाडौंमा माक्स लगाउनुपर्दैन : मन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १३:०२
फाइल फोटो

१६ फागुन, काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्ष भित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । माक्समुक्त गराउने आफ्नो योजनामा अवरोध गर्नेलाई कारबाही गर्ने  पनि उनले बताए ।

मन्त्री पण्डितले देश र जनताको हित विपरीत काम गर्ने जस्तोसुकै व्यक्तिलाई पनि दण्डित गर्न आफू पछि नपर्ने पनि स्पष्ट पारे ।

बुधबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले प्रकाशन गरेको सीआईएनमार्फत प्रसारण कार्यक्रमको प्रभाव समेटिएको सामुदायिक मेलमिलाप पुस्तक तथा डकुमेन्ट्रीको विमोचन गर्दै मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी खुलेका उद्योग बन्द गराउन अरुले नसकेपछि त्यस्ता उद्योगलाई दण्डित गर्न आफू अग्रसर भएको पनि स्मरण गराए ।

मन्त्री पण्डितले देश र जनताको पक्षमा काम गर्दा आफूलाई सबैले साथ दिने विश्वास पनि व्यक्त गरे ।

आफू देश र जनताको हितका पक्षमा काम गर्ने भन्दै उनले गलत गर्ने जो कोहीलाई पनि दण्डित गर्नबाट पछि नहट्ने उनको भनाइ छ । मन्त्री पण्डितले सञ्चारमाध्यमको विश्वसनीयता कायम गर्न पत्रकारहरुले बढी मिहेनत गर्नुपर्ने बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले अझै पनि केही स्थानीय तहमा न्यायिक समिति गठन हुन नसकेकोमा दुःख व्यक्त गर्दै यसले महिलाको नेतृत्वलाई असफल गराउनेमा चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा अकोरावका कार्यकारी निर्देशक डा. रामचन्द्र लामिछानेले द एसिया फाउण्डेसन र अकोरावको सहयोगमा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रमले स्थानीय स्तरमा ८४ प्रतिशत विवाद मिलाउन सफल भएको दावी गरे ।

यस्तै द एसिया फाउण्डेसनका बरिष्ठ कार्यक्रम अधिकृत प्रिती थापाले वहु सरोकार रहेका विवादहरुको समाधान सामुदायिक मेलमिलापले कार्यक्रमले गरेको बताइन्  ।

मेलमिलापमा सहयोग पुर्याउने उद्देश्यले सामुदायिक सुचना नेटवर्क सीआईएनको संयोजनमा १४ जिल्लाका सामुदायिक रेडियो मार्फत १ सय ५४ ओटा मेलमिलाप सम्बन्धी रेडियो कार्यक्रम प्रसारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?