Comments Add Comment

आयुष्मानले प्रियंकालाई बग्गीमा राखेर घुमाए !


नायिका प्रियंका कार्कीलाई उनको जन्मदिनमा प्रेमी आयुष्मान देशराजले यूनिक सरप्राइज दिएका छन् । उनले बेलुन र फुलहरुले सजाइएको आकर्षक बग्गीमा राखेर प्रियंकालाई शहर घुमाए ।

प्रेमीबाट यस्तो सरप्राइज पाउँदा प्रियंका दंग मात्रै भइनन् भावविह्वल पनि भइन् । उनले फेसबुकमा बग्गीमा यात्रा गरेका तस्वीरहरु पोष्ट गर्दै आफ्नो भावना पोखेकी छिन् । उनले यो अनुभवीलाई शब्दमा वर्णन गर्न नसक्ने बताएकी छिन् ।

उनी लेख्छिन्, ‘मेरो लागि विगतमा यस्तो कसैले गरेको थिएन । जब तिमीले हिजो बेलुकी मेरो हात समातेर सुन्दर ढंगले सजाइएको बग्गीमा राख्यौ, म भावविहृवल बनेँ । यो भन्दा बढी म के अपेक्षा गर्थेँ ? पहिलोपटक म यसरी कामिरहेकी थिएँ र नर्भस थिएँ । जब हामी बग्गी चढेर शहर घुम्यौं, मानिसहरुले हाँस्दै हाम्रो फोटो खिचिरहेका थिए र म राजकुमारी जस्तो महसुस गरिरहेकी थिएँ । उही तिम्री राजकुमारी ।’

आयुष्मान र पि्रयंकाको प्रेम प्रदर्शन गर्ने यो शैली तपाईंहरुलाई कस्तो लाग्यो कुन्नी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment