+
+
Shares

गायक उदीतनारायण झा जन्मथलो सप्तरीमा, एक हप्ता बस्ने

एस.के. शान एस.के. शान
२०७४ फागुन १६ गते १८:१७


सप्तरी, १६ फागुन । चर्चित गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो आएका झा एक सातासम्म यहीं बस्नेछन् ।

केही समयअघि आफू भारतीय भएको भनेर प्रतिक्रिया दिएर विवादमा फसेका गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घर आएका हुन् ।

मिडियासँग केही कुरा गर्न नचाहेका झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी गायन पेशामा लागेर लामो समयदेखि भारतमा बसोबास गर्दै आए पनि उनका दाजुभाइ भारदहमै बस्दै आएका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदीत र रञ्जनाको सम्बन्धका कारण भारतमा हंगामा समेत भएको थियो । तर अहिले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारहरुसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताए । उनले भारदहमा नयाँ घर बनाउन गर्ने बताउदै उनले जन्मथलोमा धेरै दिनपछि आएकोमा खुशी लागेको बताए ।

उनी भारदहमा आएर आफ्नो परिवारसँग भेटघाट गरेपछि केही वर्षअघि आफू भारतीय भएको भनी मिडियालाई भनेको कुरा आफैं झुटो सावित पनि भएको छ । यद्यपि उनी यसबारेमा धेरै कुरा नै गर्न तयार भएनन् ।
भेट्नेको घुइँचो

गायक उदीतनारायण झा आफ्नो जन्मथलो आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका छन् । उनी पूजा गर्न मन्दिर पुग्दा स्थानीयहरुको भीड लागेको थियो । पालैपालो उनीसँग सेल्फी लिने पनि अत्यधिक देखिए ।

गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?