Comments Add Comment

जुडोमा नेपाल टिम च्याम्पियन, भारत दोश्रो

१६ फागुन, काठमाडौं । बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ ।

नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका कार्यालय सचिव एवं टिम व्यवस्थापक ईश्वर रेग्मीले जनाएका छन् । भारत दोश्रो भयो ।

अन्तिम दिन महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष ५० केजीमुनि सुबोध मण्डल र ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठले नेपाललाई रजत दिलाए । महिला ५२ केजीमुनि अन्जु पाण्डेले कांस्य जितिन् ।

प्रतियोगिताको पहिलो दिन मंगलबार महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान तथा पुरुष ६० केजीमुनि रोशनबहादुर दोङ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जितेका थिए ।

महिला ६३ केजीमुनि निर्मला भर्ती मगरले कांस्य जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment