Comments Add Comment

विष्फोटक पदार्थसहित बाबुछोरा समातिए

१७ फागुन, काठमाडौं । प्रहरीले जाजरकोटरको जुनीचाँदे गाउँपालिका–११ मा दुई जनालाई घरेलु हतियार, विष्फोटक पदार्थ र जंगली जनावरको अंगसहित पक्राउ गरेको छ ।

बुधबार प्रहरीले स्थानीय ५८ वर्षीय चन्द्रबहादुर शाही र उनका छोरा २८ वर्षीय नेत्रबहादुर शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुको घरबाट भरुवा बन्दुक ४ थान, बाह्रबोर बन्दुक २ थान, एयरगन सानो ठुलो गरी ३ थान, बाह्रबोर बन्दुकमा प्रयोग हुने गोलीको खोका ७ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको जस्तो देखिने छर्रा २४ थान, भरुवा बन्दुकको पार्टपूर्जा २ थान, डेटोनेटर ८ थान, सेप्टीफ्यूज तार, केप १५ थान, बारुद आधा केजी, पहेलो गन्धक २ केजी, सकेट १ थान, जंगली जनावरको छाला ३ थान, सिङ ११ थान, दाँत ११ थान र नङ १५ थान बरामद भएको प्रहरीको भनाइ छ ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment