Comments Add Comment

आमसभाजस्तै देखियो टुँडीखेलको होली, हेर्नुस् ११ तस्वीर

१७ फागुन, काठमाडौं । टुँडीखेलमा मानिस जम्मा हुन र रोमान्स गर्न अब राजनीतिक पार्टीको आमसभा पर्खनुपर्दैन भन्ने उदाहरण काठमाडौंका युवाहरुले प्रस्तुत गरेका छन् ।

विहीबार होली मनाउँदै स्वतस्फूर्त टुँडीखेलमा जम्मा भएका राजधानीवासीहरुको रौनक इतिहासकै नौलो थियो । र, यो जमघट कुनै पार्टीले आयोजना गर्ने आमसभा भन्दा सनोा थिएन ।

आपसमा मेलमिलापपूर्णरुपमा प्रस्तुत भएका युवा युवतीहरुले रंग दलेर होलीको हर्षोल्लास प्रकट गरेका थिए ।

त्यसो त टुँडीखेलमा जम्मा हुनुअघि रत्नपार्क र न्युरोड लगायतका सडकमा निस्किएका युवाहरुको ताँतीले आमसभा अघि निस्कने दलहरुको जुलुसकै झल्को दिएको थियो । तर, त्यहाँ कुनै पार्टीका झण्डा थिएनन् ।

बरु सबैका हातमा अवीर र लोला थियो । एकले अर्कालाई रंग दल्दै ‘ह्याप्पी होली’ को नारा लगाउँदै उनीहरु टुँडीखेलमा जम्मा भएका थिए ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment