बालबालिकालाई सँधै शनिबारको प्रतिक्षा हुन्छ । स्कुल जान नपर्ने र बुवा-आमासँग समय बिताउन पाउने भएकाले उनीहरु यो दिन अत्यधिक रमाउँछन् ।
तर, कतिपय आमाबाबुहरु आफ्नो व्यक्तिगत कामको बहानामा शनिबार पनि बच्चाहरुलाई समय दिँदैनन् । यो बिल्कुल ठिक होइन । शनिबार जसरी पनि तपाईंले आफ्ना बच्चाहरुको लागि समय निकाल्नै पर्छ । यो दिन बच्चाहरुसँग कसरी समय बिताउने त ? पढ्नुस केही टिप्स ?
बिरुवाको हेरचाह
माटोसँग खेल्नु बच्चाहरुको सौख हो । तपाईं पनि बच्चा बनेर उनीहरुसँग माटोमा खेल्नुस । खेल्ने बहानामा बिरुवाहरुको हेरचाह गर्नुस । उनीहरुलाई पानी-मल दिनुस । गमलाको सफाई गर्नुस । बच्चाहरु पनि खुशी हुनेछन् ।
सँगै पकाउने र खाने
बच्चाहरुसँगै मिलेर थरी-थरीका पिज्जा, केक, बिस्कुट, आइस, क्रिम आदी बनाउनुस । खाने-पिउने सामग्री तयार भएपछि परिवारका सबै सदस्यहरुर्लाइ बोलाएर पार्टी गर्नुस । खाने-पिउने, नाच्ने-गाउने कुरामा सबैर्लाइ मजा आउँछ । यसले सप्ताहान्तलाई स्मरणीय बनाउँछ ।
घुम्न जानुस
नजिकैका ती ठाउँहरुको भ्रमण गर्नुस, जहाँ अहिलेसम्म तपाईंको परिवार जान पाएको थिएन । उनीहरुलाई म्यूजियम, ऐतिहासिक भवन, आर्ट ग्यालरी जस्ता स्थानमा लिएर जानुस । नयाँ ठाउँ र नयाँ चिज देखेर उनीहरु खुशी हुने छन् । यसका साथै उनीहरुको बौद्धिकता पनि बढ्नेछ ।
खेलकुदमा भाग लिने
बच्चाहरुसँग उनीहरुको मन पर्ने खेल खेल्नुस । आर्ट एन्ड क्राफ्टको गतिविधिमा सहभागी हुनुस । साथसाथै स्वीमिङ, साइक्लिङ, स्केटिङ गर्नुस । यसबाट मन भरियो भने उनीहरुलाई सपिङका लागि लैजानुस । या साथसाथै कुनै रेस्टुरेन्टमा खाना खानुस ।
कथा सुनाउनुस
सुत्नुभन्दा अगाडि सिंगो एक हप्ताको स्कुलको कुरा सोध्नुस । क्वीज खेल्नुस । कुनै राम्रो कथा सुनाउनुस । उनीहरुको मनमा आएका सवालहरुका जवाफ दिनुस ।
प्रतिक्रिया 4