Comments Add Comment

सशस्त्र प्रहरी मुख्यालय निरीक्षणमा पुगे गृहमन्त्री थापा

देश र जनताको हितमा काम गर्न सुझाव


१८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् ।

तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पूरा गर्न सुझाव दिएका छन् ।

सुरक्षा निकाय चेन अफ कमाण्डमा चल्नुपर्ने संगठन भएकाले आˆनो तहगत संरचनाबमोजिमको जिम्मेवारी पूरा गर्न पनि उनले सशस्त्र प्रहरीलाई आग्रह गरे ।

सीमित साधनस्रोतको बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने पनि गृहमन्त्री थापाले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बललाई भरपर्दो केन्द्रीय सुरक्षा निकायको रुपमा अगाडि बढाइ हरपल चलायमान फौजको रुपमा विकास गर्दै लैजानुपर्ने बताए । उनले राज्यले सुम्पेको जिम्मेवारीलाई

कुशलतापूर्वक वहन गर्न संगठन दृढ संकल्पित रहेको भन्दै सबै भूगोल र प्रदेशमा संगठनको समन्वयात्मक उपस्थिति आवश्यक रहेको हुँदा सोही अनुसारको संरचना निर्माण गर्ने जानकारी गराए ।

गृहमन्त्रीको भ्रमणका क्रममा गृहमन्त्री थापालाई सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बलबाट भएका कामकारबाही र संगठनका उपलब्धीबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment