Comments Add Comment

कर्णालीको राजधानी सुरक्षित गराउन साइरन जडान

१८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ ।

कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुुक्रबार वीरेन्द्रनगर नगरपालिका-६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरनको उद्घाटन गरेका हुन् ।

प्रगतिनगरमा राखिएको साइरन टोलका ६० जनाको मोवाइलमा सेट गरिएको छ । उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक कि्रयाकलाप, प्राकृतिक प्रकोप जस्ता घटना भएमा साइरनको कोड पठाउन सक्नेछन् ।

उनीहरुले कोड पठाउनेवित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेजमा जाने छ । जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेस प्रहरीलाई जाने गरी मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।

साइरनको उद्घाटन पछि कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारीसधानमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए ।

उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।

कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए ।

यसअघि कर्णाली प्रदेशका सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment