Comments Add Comment

सानिमा बैंकले धुर्मुस-सुन्तली फाउन्डेशनलाई दियो २१ लाख

१८ फागुन, काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फाउन्डेशनलाई रु. २१ लाख सहयोग गरेको छ । उनीहरुले भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक रौतहटको सन्तपुरमा बाढी पीडितका लागि बस्ती बस्ती निर्माण गरी हस्तान्तरण गरेका थिए ।

उक्त बस्ती निर्माणमा अपुग् भएको खर्च भुक्तानीका लागि सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको छ । एक कार्यक्रमका बीच बैंकका सन्चालक तुकप्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे ।

हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई स्रहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुशी लागोको बताए ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेलले बस्ती अनुमानित समय भन्दा चाँडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउँदै बैंकिङ्ग क्षेत्रबाट अहिलेसम्मको सबै भन्दा ठूलो ध्ान राशी सहयोग आएको बताए ।

केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं उनले यो रकमसगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको बताए ।

त्यसै गरी कुञ्जना घिमिरेले फोउण्डेशनलाई बिश्वास गर्नु गरेकोमा धन्यवाद दिँदै यो सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गर्नु भएको सन्दर्भमा बैंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताए । उनले आफ्नो कलाकारीतामा मात्र सीमित नरही समाज सेवामा लागेकोमा जोडीप्रति कृतज्ञता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment