Comments Add Comment

जिम्बाब्वेविरुद्ध ४० रन बनाएर पारस खड्का आउट


२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोट खेलमा जिम्बाब्वेविरुद्धको खेलमा कप्तान पारस खड्का ४० रन बनाएर आउट भएका छन् ।

३ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका कप्तान खड्का ३७ बलमा ४० रन जोडेपछि आउट भए । उनले ८ चौका प्रहार गरेका थिए । उनले दशौं ओभरमा ४ चौकाको मद्दतले १६ रन जोडेका थिए ।

ओपनर दिलीप नाथ आउट भएपछि पारस उपकप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन आएका थिए । मल्ल भने १३ रन जोडेर क्रिजमा छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ८० रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment