Comments Add Comment

संघीय संसदको पहिलो बैठक अाज, यस्ता छन् एजेण्डा


२१ फागुन, काठमाडौं । देश संघीयतामा गएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बस्दै छ ।

प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक बस्न लागेको सोमबारको बैठक ऐतिहासिक अवसर हो । संवैधानिक अस्पष्टताले निर्वाचन सकिएको लामो समयसम्म बैठक बस्न सकेको थिएन ।

के-के हुन्छ पहिलो बैठकमा ?

दुबै सदनको बैठक अपराह्न ४ बजे संसद भवनभित्रका छुट्टा छुट्टै हलमा बस्नेछ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता त्यसलाई औपचारिक रुपमा संघीय अधिवेशन प्रारम्भ भएको मानिन्छ ।

संसदीय परम्पराअनुसार बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसदको आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाइने छ ।

संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्नेछ । ‘संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपति महोदयले सम्बोधन गर्न सक्नुहुन्छ,’ संघीय संसद सचिवालयका प्रवक्ता डा. गौतमले भने, ‘त्यसबेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्छ ।’

पहिलो अधिवेशन भएकाले शहीदहरुको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइन्छ ।

दुवै सदनमा अन्तरिम कार्यविधि प्रस्तुत हुन्छ र त्यसलाई पारित गरिन्छ ।

शीर्ष नेताले सम्वोधन गर्ने तयारी

प्रतिनिधिसभाले सभामुखको र राष्ट्रियसभाले अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची छ । फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ । फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने छ ।

दुवै सदनले बैठक सञ्चालनको लागि अध्यक्ष मण्डल चयन गर्ने कार्यसूची पनि तय गरिएको छ । जेष्ठ सदस्य वा सभामुख वा अध्यक्ष कुनै कारणबस अनुपस्थित भएमा अध्यक्ष मण्डलका सदस्यबाट बैठक सञ्चालन गरिन्छ ।

यस अतिरिक्त दुवै सदनको पहिलो बैठकलाई दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने तयारी पनि रहेको तर टुंगो नलागेको प्रवक्ता गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment