Comments Add Comment

करिश्मा र मुकेशको ‘हिरोज्’मा के छ ?


चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक भएको छ । पूणिर्मा लामाको निर्माणमा तयार भएको यो चलचित्रलाई एनबी महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरसहित ४ वटा गीत काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

चैत्र २३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रकी कलाकार तथा निर्मात्री पूणिर्मा लामाले भनिन्-‘म चाहेर निर्माता बनेकी होइनँ । पैसाले मात्र चलचित्र बन्ने होइन रहेछ । मैले यो चलचित्र बनाउँदा निकै दुःख पाएँ । चलचित्रले बेरोजगारीको पीडा, मानव वेचविखन, सामाजिक भेदभाव र न्यायका लागि गरिने संघर्षको कथालाई उठान गरेको छ ।

चलचित्रकी नायिका करिश्मा मानन्धरले यो चलचित्रको कथा आफूलाई निकै मन परेको बताइन् । उनले चलचित्रले समाजका लागि सन्देश दिने समेत बताइन् ।

कार्यक्रममा चलचित्रका निर्देशक महर्जन उपस्थित नभएपछि कलाकार संजोग राणा र निर्माता शेखर लामाले दुःख व्यक्त गरेका थिए । यो चलचित्रमा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूणर्ीमा लामा, संजोग राणाका साथमा कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डीसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment