Comments Add Comment

अनुहारलाई मुलायम बनाउन र चाहुरी लुकाउन यसो गरौं

मेकअप अर्थात आफुलाई सुन्दर बनाउाने एउटा उपाय । मेकअपले हाम्रो व्यक्तित्व चम्काउँछ । मेकअप गर्ने सबैको आ-आˆनै शैली हुन्छ । विशेषता पनि हुन्छ । कसैले साधारण मेकअपबाट नै आफूलाई सुन्दर महसुस गर्छन् भने कसैले आफूलाई सुन्दर देखिन विभिन्न शौन्दर्य प्रशाधन प्रयोग गर्ने गर्छन् ।

मेकअप जसरी गरे पनि त्यसमा छुटाउन नहुने भनेको प्राइमर हो । प्राइमरको प्रयोगले मेकअपलाई स्मूथ बेस प्रदान मात्र गर्दैन, अनुहारका दाग, चाउरीपनालाई लुकाइदिन्छ ।

अनि अनुहारको चिल्लोपनासमेत कम गर्छ । तर कयौ मानिसलाई यो कुरा थाहा छैन । उनीहरु अनुहारमा बेस प्रदान गर्न प्राइमरको सट्टा बीबी क्रिमको प्रयोग गर्छन्, जुन गलत हो । आखिर मेकअप गर्नुअघि किन प्राइमर लगाउनु आवश्यक छ ? मेकअपमा यसकेा महत्व कति छ ?

प्राइमरको महत्व

-प्राइमरको प्रयोगले मोइस्चराइजर तथा फाउन्डेशनलाई लामो समय बेस प्रदान गर्छ ।

-मेकअपभन्दा पहिले प्राइमरको प्रयोग गर्दा मेकअप सरल र समान रुपले फैलन्छ र टिकिरहन्छ ।

-प्राइमरलाई अझै धेरै प्रभावकारी बनाउने हो भने त्यसमा लेवेन्डर, एलोभेरा तथा ज्यास्मिन प्रयोग गर्न सकिन्छ । यसबाट छाला ताजा तथा स्वस्थ रहन्छ ।

-प्राइमरले छालाको पाउडर तथा फाउण्डेशनलाई सोस्नबाट रोक्छ । साथै, यसले छालालाई चिल्लो हुनबाट बचाउँछ ।

-प्राइमरले छालाको चाउरीपना तथा रेखालाई लुकाउन समेत मद्दत गर्छ । सिलिकन बेस्ड पालिमरबाट बनाइएको प्राइमरले छालालाई स्मुथ बनाउँछ ।

प्रयोग विधि

-अनुहारलाई राम्ररी सफा गरिसकेपछि मोइस्चराईजर वा सन्सकि्रमको प्रयोग गर्ने । त्यसपछि पूरै अनुहार, घाटी तथा आँखा वरिपरि डट बनाएर प्राइमर लगाउने । अब विस्तारै मसाज गरेर प्राइमरलाई अनुहारमा मज्जाले दल्ने ।

यसले अनुहारलाई स्मुथ बेस प्रदान गर्छ । त्यसपश्चात्त अनुहारमा थप मेकअप लगाउन सकिन्छ ।

-अनुहारका चाउरीपना तथा धर्सा हटाउन प्राइमरलाई मेकअस कन्सिलरको साथमा प्रयोग गर्न सकिन्छ ।

-अनुहारमा फिनिसिङ्ग लुक दिन प्राइमरलाई फाउन्डेसनसित राम्ररी मिलाएर लगाउन सकिन्छ ।

-अनुहारलाई विना मेकअपको देखाउनु परेमा पनि प्राइमर उत्तम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment