Comments Add Comment

राष्ट्रियसभाका मनोनित ३ जना र दीपक मनाङ्गेले राष्ट्रपति चुन्न नपाउने

२१ फागुन, काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगले वेवसाइटमार्फत राष्ट्रपति चुनावको मतदाता संघीय संसद र प्रदेशसभा सदस्यको नामावली सार्वजनिक गरेको हो ।

संंघीय संसदका ३३१ र प्रदेशसभा संसदका ५४९ जना गरी राष्ट्रपति निर्वाचनमा ८८० जना मतदाता छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका ३ जना र मनाङबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को नाम मतदाता नामावलीमा छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले मनोनित गरेका ३ जनाको नाम फिर्ता लिएर  ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई राष्ट्रियसभामा मनोनितका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिबाट तीनै जनाको नाम स्वीकृत भए पनि देउवा सरकारबाट मनोनित ३ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले मनोनित तीनै जनालाई सपथ नगराउन अन्तरिम आदेश दिएको थियो ।

त्यस्तै फौजदारी मुद्दामा दोषी ठहर भएका मनाङका प्रदेश सा‌ंसद  दीपक मनाङ्गे यसअघि राष्ट्रियसभा निर्वाचनका लागि भने मतदाता थिए । उनी मतदान गर्न पनि  गएनन् र प्रदेशसभामा सपथ लिन पनि गएका छैनन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते काठमाडौंमा हुनेछ । संसद भवन नयाँ वानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ ।

राष्ट्रपति पदका लागि फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

यी हुन्  राष्ट्रपति  निर्वाचनका मतदाताहरु :

संघीय संसदका सदस्यहरु

प्रदेशसभाका सदस्यहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment