+
+

गोरखामा ३३ हजार भूकम्पपीडितले लिए दोस्रो किस्ता

विकास मरहट्टा विकास मरहट्टा
२०७४ फागुन २१ गते १९:२२


२१ फागुन, गोरखा । गोरखाका ३३ हजार भन्दा बढी भूकम्प पीडितले आवास अनुदानको दोस्रो किस्ता रकम लिएका छन् ।

पहिलो किस्ता लिएका ५७ हजार ३ सय ११ जनामध्ये घर निर्माण सुरु गर्ने ३३ हजार तीन सय ४३ जनालाई दोस्रो किस्ता सिफारिस गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

त्यस्तै ९ हजार ८ सय ६६ जनालाई तेस्रो किस्ता रकम सिफारिस गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका शिव पौडेलले बताए ।

समयसीमा तोकेपछि अनुदान लिनेको भीड

सरकारलेसमयसीमा तोेकेपछि अनुदान रकम लिने भूकम्पपीडितको संख्या बढेको हो । जिल्ला समन्वय समिति र बैंकहरुमा अनुदान लिन बिहानैदेखि लाइन लाग्ने गरेको छ ।

रकम लिन गाउँगाउँबाट बस रिजर्भ गरेर भूकम्पपीडित आवास अनुदान लिने लाभग्राहीहरु सदरमुकाम आएका छन् । सरकारले दोस्रो किस्ता रकम पुस मशान्तभित्र लिइसक्नुपर्ने समयसीमा तोकेको थियो ।

तर पछि समय थपेर चैत मशान्तसम्म पुर्‍याइएको छ ।

अनुदान लिन झन्झट

अनुदान रकम लिन आउनेहरुले झञ्झट ब्यहोर्नुपरेको गुनासो गरेका छन् । फारम भरेको लामो समयसम्म रकम निकासा नहुने र बैंकहरुले धेरै दिन अल्झाउने गरेको गुनासो उनीहरुको छ ।

स्थानीय विकास अधिकारी नारायण आचार्यले कार्यालयमा फाइल आएको तीन दिनभित्र कोष तथा लेखा नियन्त्रक कार्यालय पठाउने गरेको दावी गरेका छन् । तर झन्झटिलो प्रक्रियाका कारण रकम निकासामा केही ढिलाइ हुने गरेको उनी स्वयं स्वीकार गर्छन् ।

‘भवन डिभिजन कार्यालय र जिल्ला समन्वय समितिले भर्ने फारम फरक/फरक छ, एउटै भएको भए उताबाट आएको फारमलाई फरवार्ड गरेर कोलेनिका पठाउन मिल्थ्यो र बैंकमा पठाउन पनि सहज हुन्थ्यो,’ स्थानीय विकास अधिकारी आचार्यले भने ।

अहिले जिससले दैनिक एक हजार देखि १५ सय वटा फाइल कोलेनिका पठाउने गरेको आचार्यले बताए । कार्यालयमा भीड बढेपछि एक दिनमा २० जना भन्दा बढी पीडित नपठाउन गाउँपालिका र सम्बन्धित वडाहरुलाई आग्रह गरिएको उनले जानकारी दिए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?