Comments Add Comment

राष्ट्रपतिबारे एमालेमा छलफलः विद्याको विकल्पमा झलनाथ कि सुवास नेम्वाङ ?


२२ फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवार तय गर्न स्थायी कमिटी बैठक बस्नुअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल भएको हो ।

कसलाई उठाउने भन्ने बारेमा व्यक्ति तोकेर प्रधानमन्त्रीले प्रस्ताव नल्याए पनि समग्र बिषयमा छलफल भएको एक नेताले बताए । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेता सहभागी थिए ।

खनालले एउटै व्यक्तिलाई सेरेमोनिय पदमा दोहोर्‍याउन नहुने भन्दै आफू राष्ट्रपति उम्मेदवारको आकांक्षी रहेको बताएका थिए । वामेव गौतमले पनि एउटै व्यक्ति दोहोर्‍याउने भन्दा पनि नेताको व्यवस्थापन गर्न उपयुक्त हुने राय दिएको बताइएको छ ।

अध्यक्ष अेालीले अपरान्ह ४ बजे स्थायी कमिटी बैठअघि पनि नेताहरुसँग पुनः छलफल गर्ने बताएका छन् । राष्ट्रपतिमा विद्या भण्डारी दोहोर्‍याउने कि अन्य नेता पठाउने भन्ने बारे छलफल केन्द्रित छ ।
झलनाथ खनालले राष्ट्रपतिका लागि लबिङ तीब्र पारिरहेका छन् । एमालेबाटै विद्या भण्डारी नभएमा सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने बारेमा पनि छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment