+
+
Shares

सरकारप्रति लगानीकर्ताको विश्वास देखिएनः डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते ११:२०

२२ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा दैनिक रुपमा भइरहेको गिरावटलाई लिएर कांग्रेस नेता तथा पुर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारको आलोचना गरेका छन् । उनले सरकारसँग लगानीकर्ताको विश्वास नरहेको बताए ।

‘निर्वाचनयता दुई/तीन महिनामा नै सेयर बजारमा करिब २ सय ५० अंकले गिरावट आएको छ,’ महतले अनलाइनखबरसँग भने, ‘यो सरकारप्रति लगानीकर्ताको अविश्वास हो ।’

सेयर बजारलाई लगानीकर्ताको आत्मविश्वासको सूचक मानिने भन्दै उनले बजारमा देखिएको तरलता संकट तथा सेयरको अधिक आपुर्ति ठुलो कारक नभएको तर्क गरे ।

‘यी भनेका छिटफुट रुपमा हुने घटना मात्रै हुन्, इतिहासमै पहिलो पटक बुटल पावर कम्पनीको एफपीओ बिकेन, यस्तो पनि हुन्थ्यो र ?’ उनको प्रतिप्रश्न छ ।

त्यसो त सेयर बजारलाई विगतदेखिकै सरकारले प्राथमिकतामा नराखेको भन्ने लगानीकर्ताहरुको गुनासो रहँदै आएको छ । महत भने यसलाई मान्न तयार छैनन् ।

‘सरकारले प्राथमिकतामा नराखेको भए सेयर डिम्याट हने थिएन, बजार स्वचालित हुने क्रममा छ, बजारमा सूचीकृत कम्पनीको संख्या शुरुवाती क्रममा भन्दा बढेको छ,’ उनले भने ।

हाल बजारमा नियामकले बाध्यकारी गरेका संस्थाहरुकै वर्चश्व रहेको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीहरु बजारमा ल्याउन नसकेको भन्ने लगानीकर्ताहरुमा गुनासो रहेको छ । तर, यसमा सरकारकोभन्दा पनि राजनीतिक संक्रमणकाल जिम्मेवार रहेको महतको दाबी छ ।

‘निजी क्षेत्रले मुनाफा निकाल्न गाह्रो छ । यहाँ त्यसैमा हंगामा गरिन्छ । अहिलेसम्म बन्द–हड्ताल जारी छ,’ महतले कारण औल्याए । उनी राजनीतिक संक्रमणकालको असरको रुपमा यसलाई लिन्छन् । सरकारले दोहोरो अंकको वृद्धिको कुरा गरेपनि आम लगानीकर्ताले भने त्यसलाई विश्वास नगरेको उनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?