Comments Add Comment

प्रधानमन्त्रीको खुट्टा बाँध्नुहुँदैनः माधव नेपाल

'देशमा एउटा माझीको खोजी भइराखेको छ'

२२ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब देशले कोल्टे फेर्न खोजिरहेको बताउँदै प्रधानमन्त्रीको खुट्टा तान्ने काम गर्न नहुने बताए ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमाले नेता नेपालले विगतमा विभिन्न संसदीय समितिहरुले विगतमा सरकारको खुट्टा तान्ने गरेको बताए ।

माधव नेपालको संकेत अदालत र अख्तियारतिर पनि थियो । सम्वोधनका क्रममा नेता नेपालले भने- अख्तियारको काम भ्रष्टाचार हेर्ने मात्रै हो, अदालतको काम बाटो ठूलो बनाउ वा नबनाउ भन्ने होइन ।

अब सरकारले कानूनी संरचना गर्नुपर्ने सुधारका साथै भ्रष्टाचार अन्त्य गर्ने कुरामा जोड दिनुपर्ने नेता नेपालले बताए । ‘जनताले आशा भरोसा गरेका छन्, यसमा संसदले सक्रिय भूमिका खेल्नुपर्छ’ एमाले नेता नेपालले विभिन्न गीतका उद्धरण सम्झदै भने- डुब्न लागेको देशलाई बचाउन माझी खोजी भइरहेको छ । यो देशमा म त्यो मानिस खोजिरहेछु ।’

जनतामा लोकपि्रय भएकाले वामपन्थीहरुले चुनाव जितेको भन्दै एमाले नेता नेपालले वामपन्थी सरकारले लोकतन्त्र मास्छ कि भनेर नडराउन विपक्षी नेपाली कांग्रेसका नेताहरुलाई आस्वस्त पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment