Comments Add Comment

बिश्वकप हेर्न रसिया जाने भए यी पाँच नेपाली, कोक खाँदा चम्कियो भाग्य

२३ फागुन, काठमाण्डौ । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ ।

यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागि हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ  भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्नु हुने छ ।

अहिलेसम्मको घोषित बिजेतामा सिनामङ्गलका शुसिलकुमार शाह, छाउनीका अनिश ठकुरी, बौद्धका ग्याम्सो लामा, कपनका नरेश बिष्ट र स्वयम्भुकी आकृति थकाली रहनु भएको छ । त्यसैगरी २ जना २४ इन्च टेलिभिजन बिजेतामा भक्तपुरका बिज्ञान अधिकारी र नवलपरासीका नारायण चालिसे रहनु भएको छ ।

रसिया ट्रिपका बिजेता मध्येका कपन निवासी नरेश बिष्टले भने ‘जब मलाई तपाई रसिया जाने बिजेता बन्नु भयो भन्ने फोन आयो मैले सुरुमा विश्वास नै गर्न सकिन । एक हप्ता अगाडि मैले साथीभाईसँग रमाइलो गर्न एउटा जम्बो कोक अर्डर गरेको थिए । जब मैले लेबलमा हेरे त्यहाँ लेखिएको थियो लेबल पछाडि लेखिएको युनिक नम्बरलाई एसएमएस गर्नुहोस् । मैले त्यसलाई एसएमएस गरेँ । आज मेरो सपना पुरा भएको छ । म यो अविस्मरणीय अवसरको प्रतीक्षामा बसी रहेको छु । मेरो सपना पुरा भएकोमा कोकाकोलालाई धन्यवाद दिन चाहन्छु ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment