Comments Add Comment

एकै ठाँउमा किन आउँछ बारम्बार डण्डीफोर ?

‘गालामा रैछ डण्डीफोर
माया लाउँ भने हुन्छ क्यारे बोर’

केही वर्षपहिले धरहरा म्यूजिक सेन्टरले बजारमा ल्याएको यो लोक दोहोरीमा भनिएँझैं गालामा डण्डीफोर आउँदा कम्ती बोर हुँदैन । एक त अनुहारको शौन्दर्य बिग्रने, अर्को मनमा चिन्ता परीरहने ।

के तपाई पनि डण्डीफोरका कारण चिन्तामा हुनुहुन्छ ? के तपाईको अनुहारमा हप्तैपिच्छे डण्डीफोर आउँछ, त्यो पनि बारम्बार एकै ठाउँमा ? यदी त्यस्तो हुन्छ भने बुझ्नुहोस्, तपाईको अनुहार संवेदनशील छ । अनि अनुहारको सफाई पनि राम्ररी भएको छैन ।

डण्डीफोर प्रायः छाला चिल्लो भएमा आउने गर्छ । खानामा चिल्लोको मात्रा घटाउने हो भने डण्डीफोरको समस्याबाट केही हदसम्म मुक्ती पाउन सकिन्छ । हर्मोनको गडबडी, छालाको छिद्रमा टाँसिएको धुलोमाटो तथा व्याक्टेरियाका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउनुका अन्य कारण यस्ता छन् :

गर्भावस्था

गर्भावस्थामा हुने हर्मोन असन्तुलनका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । गर्भावस्थामा यो सामान्य हो ।

चलाइरहने र निचोर्ने बानी

कयौ मानिसको बानी हुन्छ, डण्डीफोरमा हात लगाइरहने । बारम्बार एकै ठाँउमा डण्डीफोर आउनुको कारण यो पनि हो । बारम्बार हातले डण्डीफोर चलाइरहने बानीका कारण अनुहारको छिद्रमा तेल तथा फोहर जम्मा हुन्छ । छिद्र टालीएपछि डण्डीफोर निस्कन्छ ।

कसैको बानी चाहिँ डण्डीफोर आयो कि निचोर्ने हुन्छ । निचोर्दा डण्डीफोर त निस्कदैन, तर त्यसले झन समस्या ल्याउँछ । बारम्बार डण्डीफोर थिच्दा, निर्चोदा या कोटयाउँदा त्यो ठाउँ सुन्नीन्छ र डण्डीफोर झन ठूलो देखिन्छ । यस्तो बेला छालाको छिद्र्रलाई मनतातो पानीले सफा गर्नुपर्छ । विभिन्न टि्रटमेन्ट क्रिम दलेर छालामा जम्मा भएका फोहर तथा अतिरिक्त तेल हटाउन सकिन्छ, जसबाट अनुहार सफा हुन्छ ।

चिन्तीत मुद्रा

हामी जब चिन्तीत हुन्छौं, तब मुहारमा पनि त्यसको असर पर्छ । हामी हाँस्दा मुहार तन्कीन्छ भने रिसाउँदा या तनावम हुँदा खुम्चीन्छ । किनकी, मानिसको मुहारमा ‘स्टे्रस एरिया’ हुन्छ । र, डण्डीफोर पनि बारम्बार स्ट्रेस एरियामै आउँछ ।

तनाव या कुनै विरामीका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा त्यो ठाउँमा डण्डीफोर आउँछ । हर्मोनको गडबडी तथा महिनावारी हुँदा पनि महिलालाई त्यस्ता ठाउँमा डण्डीफोर आउने गर्छ ।

छालाको समस्या

छालाका अन्य धरै समस्या हुन्छन्, जसका कारण अनुहारमा बारम्बार डण्डीफोर आउँछ, त्यो पनि एकै ठाउँमा । छालाभित्र नदेखिने डण्डीफोर पनि हुन्छन् । छाला भित्र डण्डीफोर आएमा त्यसको केही भागमात्र छाला बाहिर देखिने गर्छ । बाँकी भाग भित्रै रहन्छ । विशेषगरी छालाका छिद्र विभिन्न भागमा विभाजित हुन जाँदा त्यसमा रहेको तेल कोणको आकारमा माथि उठ्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment