Comments Add Comment

आमाको दूध छुटाउनुपूर्व शिशुलाई के खुवाउने ?

काठमाडौं । आमाको दूध अर्थात अमृत । आमाको दूध खाएरै हरेक मानिस हुर्किर्एका हुन्छन् । ६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाइन्छ । तर, ६ महिनापछि भने अन्य पौष्टीक खाना पनि खुवाउन थालिन्छ ।

जब शिशु डेढ वर्षको हुन्छ, तब उसको शारीरिक तथा मानसिक विकासका लागि थुप्रै पौष्टिक तत्वको खाँचो पर्छ । यही कारण शिशु डेढ वर्षको भएपछि आमाको दूध छुटाउन र अन्य ठोस पौष्टिक आहारा खुवाउन चिकित्सक सल्लाह दिन्छन् । आमाको दूध छुटाउनुपूर्व शिशुलाई यस्ता खानेकुराको बानी पार्नुपर्छ, जुन स्वस्थकर र सन्तुलीन हुन्छन् । ति यसप्रकार छन्ः

मौसमी फलफूल

ससाना बालबालिकालाई गुलियो तथा अमिलो खानेकुरा निकै मनपर्छ । उनीहरुलाई गुलिया तथा अमिला फलफूल सजिलै खुवाउन सकिन्छ ।  यस्ता फलफूल पोषिला हुन्छन् ।  केरा, सुन्तला, स्याउ, अंगूरलगायतका फलफुल बच्चाहरु सजिलै निल्न पनि सक्छन् । यस्ता फलफूलका ससाना टुक्रा या जूस बनाएर पनि ख्वाउन सकिन्छ ।

बच्चालाई फलफूल खुवाउनुपूर्व ति फलफूल मौसमी हुन् कि हैनन्, त्यसको हेक्का राख्नैपर्छ । अन्यथा कोल्डस्टोरमा राखिएका र किटनाशक या प्रिजर्भेटीभ प्रयोग गरिएका फलफूलले बच्चाका स्वास्थ्यमा नकारात्मक असर पनि पार्नसक्छ ।

दालको पातलो झोंल

जन्मिएको ६ महिनापछि शिशुलाई दालको पातलो झोंल खुवाउनु उपयुक्त हुन्छ । दालको झोंलमा भिटामीन र प्रोटीनको मात्रा प्रचूर हुन्छ । हेक्कार रहोस्, दालको झोंल भन्नाले चोक्टा नभएको दालको सादा झोंल हो, जसलाई शिशुले सजिलै पचाउन पनि सक्छ ।

कुन चाहिँ दालको झोंल ? त्यसको ख्याल रहोस् । शिशुलाई रहर, मुङ्ग, मास तथा मुसुरोको दालको झोंल दिन सकिन्छ । चना तथा मटरको दालले भने शिशुको पेट विगार्न सक्छ ।

तरकारी सुप

शिशुहरुको शारिरिक विकासका लागि आमाको दूधबाहेक भिटामिन, मिनरल्स, प्रोटिनलगायत थुप्रै पोषणतत्व आवश्यक पर्छ । तरकारीको सुप बच्चाका लागि पौष्टीक तत्वको खानी हो ।

मौसमी तरकारीको सुप खुवाउने हो भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढछ, पेट पनि भरीन्छ । अनि शिशुको शरीरमा पानीको कमी पनि हुन पाउँदैन ।

गिलो जाउलो

जाउलो अति उत्तम । पचाउन सजिलो हुने भएकोले शिशुलाई जाउलो सजिलै ख्वाउन सकिन्छ । दाल र चामलद्धारा निर्मित सादा जाउलो हेर्दा सामान्य देखिए पनि यसले शिुशको शरीरलाई शक्ति दिन्छ । जाउलोमा दाल धेरै हाल्नुपर्छ र केही गिलो बनाउनुपर्छ । यसो गर्दा दाल तथा चामल राम्ररी पाक्छ र शिशुले सजिलै निल्नुका साथै पचाउन सक्छ ।

 गाँजर, स्याउ, नासपाती

जब शिशुको दाँत निस्कन थाल्छ,  शिुशहरु वरिपरिका चीज मुखमा हाल्न थाल्छन् । दाँत निस्कने समयमा शिशुको गिजा चिलाउँछ । गिजा चिलाउन कम हुने भएकाले उनीहरु विभिन्न वस्तु मुखमा हाल्छन् । यस्तो अवस्थामा शिशुलाई स्याउ, गाजँर, नासपाती, काँक्रो आदि खुवाउन सकिन्छ, जसलाई उनीहरुले हातले समातेर टोक्न सकून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment