Comments Add Comment

वेष्ट इण्डिजको दोस्रो जित, होल्डर र ब्रेथवेट चम्किए

यूएईले नेदरल्याण्ड्सलाई हरायो

२४ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको छ । विश्वकप छनोटमा उसको यो लगातार दोस्रो जित हो ।

बिहीबार हरारेमा पपुवा न्यूगिनीले दिएको २०१ रनको लक्ष्य वेष्टइण्डिजले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसको सुवात खराब थियो । ५८ रन जोड्दा ४ विकेट गुमाएको उसको पारी कप्तान जेसन होल्डर र शाही होपले सम्हाले ।
पाँचौं विकेटका लागि होल्डर र होपले अविजित १५३ रनको साझेदारी गरे । होल्डर ९९ रनमा अविजित रहँदा होप ४९ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २०० रन बनाएको थियो । उसका असद भालाले सर्वाधिक ५७ रन बनाए ।

वेष्टइण्डिजका कार्लोस ब्रेथवेटले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यूएईले नेदरल्याण्ड्सलाई हरायो

समूह ए को अर्को खेलमा यूएईले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ ।

नेदरल्याण्डले दिएको १७७ रनको लक्ष्य यूएईले ३६ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर भेट्टायो । उसका ओपनर चिराग सुरीले ७८ रनको अविजित पारी खेले ।

यसअघि पहिले ब्याटिङ गरेको डच टोलीले ४६.३ ओभरमा सबै विकेट गुमाएर १७६ रन बनाएको थियो । उसको सुरुवात राम्रो थियो ।

पहिलो विकेटका लागि ओपनरद्वय म्याक्स ओ’डोड र विश्ले बारिसीले ५२ रनको साझेदारी गरेका थिए । तर, यो पार्टनसिप टुटेपछि नेदरल्याण्ड्सले लगातार विकेट गुमायो ।

यूएईका कप्तान रोहन मुस्तफाले घातक बलिङ गर्दैर् ५ विकेट लिएका थिए । ९.३ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २६ रन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment