+
+
Shares

सभामुखमा कृष्णबहादुर महराको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २५ गते ११:२४

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।

महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए । साथै उनले प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलको समर्थन पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?