Comments Add Comment

सिन्धुपाल्चोक कारागार अब सुविधा सम्पन्न बनाइने, ५ करोड निकासा

भूकम्पमा भागेकामध्ये ९८ जना अझै सम्पर्कमा आएनन्

२८ फागुन, सिन्धुपाल्चोक । भूकम्पमा ध्वस्त सिन्धुपाल्चोक कारगार अब सुविधा सम्पन्न रुपमा निर्माण हुने भएको छ । भूकम्पमा कारागार भत्केपछि २ सय १६ कैदी बन्दीहरु भागेका थिए । भूकम्पलगतै विभिन्न मितिमा १ सय १८ जना कैदी बन्दीहरु प्रशासनको सम्पर्कमा आएपनि अन्य कैदीहरु अझै फरार छन् ।

भूकम्पले भत्किएको कारागार निर्माण नहुदा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका कैदीहरुलाई अन्यत्र लैजानु पर्ने बाध्यता छ । ‘कैदीहरुलाई अदालत ल्याउने, लैजाने काम भइरहन्छ, कारागार नहुँदा केही कैदीहरुलाई प्रहरीकै हिरासतमा राख्ने गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने ।

प्रहरीको पुर्पक्ष कक्ष पनि साँघुरो हुँदा अदालतले आदेश दिएपछि धुलिखेल, सिन्धुली लगायतका जिल्लामा रहेका कारागारमा कैदीहरु लैजाने गरिएको कारनगार कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिए ।

कैदीबन्दीहरु ल्याउन लैजान समस्या भएको, आर्थिक र सुरक्षाको दृष्टिकोणले समेत जोखिनम भएपछि ५०० बढी क्षमताको कारागार निर्माणको योजना बनाइएको प्रजिअ तामाङले बताए । नयाँ कारागार निर्माणका लागि ५ करोड रुपियाँ निकासा भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका ७ छापा आहालडाँडा,चरिभञ्ज्याङमा नयाँ कारागार निर्माणका लागि डीपीआर तयार हुदै गरेको छ । २० रोपनी क्षेत्रफलमा निर्माण हुने कारागारमा पुस्ताकालय, खेल मैदान, महिला पुरुषका लागि छुट्टाछुट्टै कोठाको पनि व्यवस्था गरिने कारागार कार्यालयका सूचना अधिकारी दाहालले बताए ।

जिल्लामा निर्माण हुने कारगारामा अन्यत्रका कैदीहरुलाई पनि ल्याएर राख्न सकिने उनले बताए । नयाँ कारगार निर्माण हुनु अघि पुरानै कारागार मर्मत गरेर कैदीबन्दीहरुलाई सिन्धुपाल्चोकमा नै राख्ने तयारी कारागार कार्यालयले जानकारी दिएको छ । महिला कैदीहरुका लागि मात्रै तयार गरिएको कारागारामा भूकम्पअघि २ सय १६ कैदीहरु बस्दै आएका थिए ।

‘अब यही कारागार मर्मत सुरु भएको छ, अबको केही दिनमा कैदीहरुलाई यही राखिन्छ,’ सूचना अधिकारी दाहालले भने । अस्थायी रुपमा कारागार सञ्चालन गरेर केदीहरुलाई जिल्लामा नै राख्ने र नयाँ कारागार निर्माण भएपछि त्यहाँ सार्ने तयारी गरिएको छ । कारागार मर्मतका लागि १० लाखमा ठेक्का समेत दिइसकेको छ ।

यसैबिच भुकम्पमा फरार रहेका तर सम्पर्कमा नआएका कैदीहरुलाई भागे, भगाएको आरोपमा डेढी कैदको फैसला जिल्ला अदालतले गरेको छ । भूकम्पमा फरार कैदीहरुलाई सिन्धुपाल्चोक लगायत अन्य जिल्लाका स्थानीय प्रशासनमा सम्पर्कमा गए मुद्दा नलाग्ने कारागारले बताएको थियो ।

यो अवधीमा जम्मा १ सय १६ मात्रै कैदीहरु सम्पर्कमा आएपछि बाँकी ९८ जना कैदीहरुलाई भागे/भगाएको मुद्दामा डेढी सजायँ हुने फैसला गरेको हो । अब कोही कैदीहरु विभिन्न मुद्दामा ५ बर्ष जेल सजायँको फैसला भएको भए अब साढे ६ वर्ष कैद बस्नु पर्ने हुन्छ । भाग्ने कैदीहरुमा चिनियाँ नागरिकसमेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment