Comments Add Comment

न्यायाधीश चोलेन्द्रलाई इजलास तोकिएन, अवहेलना मुद्दा दर्ता गर्ने तयारी

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतकै न्यायाधीशले बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेशी तोकेका छन् ।

पराजुलीले साउनमा नै अवकास पाएको भन्दै सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले उनी नेतृत्वको पूर्ण इजलास बहिस्कार गरेका थिए । लगतै न्यायाधीशहरुले पराजुलीलाई विदा बस्न सुझाव दिएका थिए ।

तर, पराजुलीले मंगलबार पेशी तोकेका छन् । उनले आफूसहितको बेञ्च गठन गरेका छन् । न्यायाधीश जबरालाई भने कुनै बेञ्च दिइएको छैन ।

स्रोतका अनुसार न्यायाधीश जबरामाथि अदालतको अवहेलनाको मुद्दा दर्ता गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment