Comments Add Comment

विराटनगरमा कैलाश विकासको ४४ औं शाखा


२९ फागुन, काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सोमबारबाट मोरङ जिल्लाको विराटनगरमा आफ्नो ४४ औँ शाखा सञ्चालनमा ल्याएको छ । यससहित बैंकको शाखा संख्या ४४ पुगेको छ । एटिएम संख्या २२ छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड छ । पुस मसान्तमा बैंकले रु.१९ अर्व ११ करोड निक्षेप संकलन र रु.१७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । बैंकले २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

यस संस्थाले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो । नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान तथा दक्षिण एसियाको छाता संगठन दक्षिण एसियाली लेखा संगठन (साफा) इभेन्ट अवार्डमा वित्तीय क्षेत्र तर्फको दक्षिण एसियाली क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा सम्मानित भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment