बिहीबार, ७ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्छुः लालबाबु पण्डित

Suzuki
अनलाइनखबर

२९ फागुन, काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने बताएका छन् ।

मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने बताएका हुन् ।

भेटमा वातावरणीय प्रदुषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने र २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे चर्चा गर्दै धुँवा धुलोका कारण काठमाडौमा पैदल यात्रा गर्न समेत कठिनाइ भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको बताए । यसको दीर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको उनले बताए ।

२०७४ फागुन २९ गते १२:२२ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

५ प्रतिकृयाहरू प्राप्त
  • rajhaans लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १२:३१

    विगतमा अरुले सोचेजस्तै सोचमै सीमित नभए, हजूरको सोच सही छ । गफ होइन काम चाहियो । कसैले कुनै बेला “म उडाइ दिन्छु” भन्थे । अमूर्त कुरा गरे पछि पनि “उडाइस् त ?” भनेर पत्रकारले सोद्धा जवाफ दिइयो “अँ अँ उडाएँ त, पशुपतिमा गएर चारो छरेर परेवा उडाएँ, छोरालाई पनि उडाउन लगाएँ” ।

    समस्याको जड पहिचान गर्न जरुरी छ । पहिले पहिले कागजका थुंगा (थैला) बनाइन्थे । जुटका झोलाहरु बजारभरी पाइन्थे । असजिलो भो हामीलाई । बोक्रे र अन्धाधुन्ध विकासका निहुँमा सजिलो र सस्तो खोज्दै प्लाष्टिकको अन्धाधुन्ध प्रयोगलाई व्यापक बनायौं । विकल्प दिन सकेनौ त्यसैले प्लाष्टिकको प्रयोग हटाउने यस अघिका प्रयाश नारामै सीमित हुन पुगे । यो कुरालाई मन्त्रीज्यू मनन गर्नु होला । पहिला उपभोक्तालाई सर्वसुलभ विकल्प दिनु होस् अनि कडाई गर्नु होस् ।

    13
    1
    Share

  • rishi ram paudel लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १३:०९

    lalbabuji tapain ramro manchhe hunuhunchha tara kam garda bikalpa diyera matra kam garnuhola pracharkolagi matra haina

    3
    0
    Share

  • लिला सिंह लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १३:५०

    लालबाबु पण्डितकाे अग्नी परिक्षा अाएकाे छ । प्लाष्टिकमाथि प्रतिवन्ध मात्र हैन, सार्वजनिक स्थानमा धुम्रपानमा प्रतिवन्ध, गाडीमा फाेहर फाल्न नपाइने, फुटपाथमा पसल राख्न प्रतिवन्ध जस्ता कुरा सुन्दा सुन्दा कान पाकीसकेकाे थियाे तर लालबाबुले बाेले पछि भने पुरा भयाे भनेकाे समाचार सुन्न कान अातुर छन ।

    6
    1
    Share

  • Ardneham लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:३६

    पैला यो खाल्डोको अत्यासलाग्दो धुलो र धुवा बन्द गर अनि मात्र अरु कुराहरु सोछे हुन्थ्यो कि?

    5
    0
    Share

  • Yash लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते २१:४३

    प्लास्टिकको झोला उत्पादन र वितरण बन्द गरेर कागजको झोला प्रयोग गर्ने ? पहिलो कुरा कागज के बाट बन्छ ? कागज कुहिदा के उत्पादन हुन्छ ? अनि प्लास्टिकबाट कागजमा/अन्यमा आउदाका आर्थिक पक्ष ? प्लास्टिकले बाताबरणमा कत्तिको असर गर्छ भन्ने कुरा यसको प्रयोग पछिको व्यबस्थापनमा भर पर्छ त्यसैले अध्यन गरेर र विज्ञहरुको सुझाव लिएर निर्णय लिदा राम्रो |

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this