सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

ओली र प्रचण्डले गोपाल पराजुलीलाई बालुवाटार बोलाए

'शक्तिशाली' प्रधानमन्त्रीले राजीनामा गराउन सकेनन् !

Suzuki
अनलाइनखबर


२९ फागुन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ ।

वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे ।

सोमबार सर्वोच्च अदालतमा कान्तिपुर दैनिकको मुद्दामा इजलास बस्नै लाग्दा न्यायाधीश चोलेन्द्रसमशेर राणाले एउटा लिखित वक्तव्य पढ्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भइसकेकाले उनको इजलासमा नबस्ने भनेर बेञ्च बहिस्कार गरेका थिए ।

न्यायाधीश चोलेन्द्रले बेञ्च बहिस्कार गरेको घटनालाई केही वकिलले ‘ठूलो घटना’ भएको भन्दै प्रधानन्यायाधीश पराजुलीले मुद्दाको पेशी तोक्नै नमिल्ने र यसमा संसदको ध्यान जानुपर्ने प्रधानमन्त्री केपी ओलीलाई सुझाएका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगिसकेपछि प्रधानन्यायाधीश पराजुलीलाई प्रधानमन्त्री केपी ओलीले सम्पर्क गरेर ‘छिमेकीका नाताले यस्तो चिया खान र गफसफ गर्न’ बोलाएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले ‘चिया खान’ बोलाएका ठाउँमा प्रधानन्यायाधीश पराजुली आए या आएनन् ? यसबारे अहिलेसम्म कसैले पनि खुलाउन चाहेका छैनन् ।

तर, मंगलबार बिहानै एमाले र माओवादी समर्थक केही बरिष्ठ वकिलका वीचमा एउटा सुलह चल्यो- ‘प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश पराजुलीलाई बोलाएर सर्वोच्च अदालतमा के भएको हो भन्दै प्रश्न गरे । र, समस्या समाधानका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न पराजुलीलाई सुझावसमेत दिए । जवाफमा प्रधानन्यायाधीशले राजनीनामा नदिने तर विदामा बस्ने जानकारी दिए । तीनजनाबीच यसबारे अनौपचारिक सहमतिजस्तै भयो ।’

वामपन्थी वकिलहरुले अब पराजुली इजलासमा नबस्ने र आजैबाट उनले विदा लिने दाबीसमेत गरे ।

तर, वाम वकिलहरुको दाबी त्यतिबेला गलत सावित भयो, जतिबेला प्रधानन्यायाधीश पराजुलीले सधैंझैं अदालतमा उपस्थित भएर पेशी तोके । र, उनले सधैंजस्तै नियमितरुपमा अदालती कामकारवाही अगाडि बढाए ।

बरु मंगलबार नयाँ घटनाचाहिँ के भयो भने सोमबार इजलास बहिस्कारको घोषणा गर्ने न्यायाधीश चोलेन्द्रसमशेर राणाका लागि कुनै पनि बेञ्च तोकिएन ।

प्रचण्ड र ओलीबीच बालुवाटारमा भएको कुराकानी र कार्यपालिकाबाट सर्वोच्च अदालतको घटनामाथि देखाइएको चासोको प्रतिफल मंगलबार केही पनि निस्किएन ।

बरु चोलेन्द्रले बेञ्च बहिस्कारको घोषणा गर्नु न्यायिक परम्परा विपरीत भएको आवाज उठ्यो र उनीमाथि अदालतको मानहानी गरेको आरोपमा मुद्दा चलाउनेबारे प्रधानन्यायाधीश पराजुलीले छलफल चलाएको हल्ला मंगलबार दिनभरि नै चल्यो ।

संविधानविद भीमार्जुन आचार्यले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै यात चोलेन्द्रलाई दण्डित गरिनुपर्छ, या प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व छाड्नुपर्छ भन्ने जिकिर गरे ।

उता अनलाइनखबरलाई सोमबार दिएको अन्तरवार्तामा अर्का कानूनविद अधिवक्ता टीकाराम भट्टराईले भने अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने, अन्यथा संसदको ध्यान आकृष्ट हुने प्रतिक्रिया दिए ।

पराजुलीलाई कांग्रेसको ब्याकअप !

झट्ट हेर्दा सर्वोच्च अदालतमा भएको विवाद त्यहाँका न्यायाधीशहरुको आन्तरिकजस्तै देखिन्छ । तर, पार्टीको कोटाका आधारमा न्यायाधीश चुन्ने परिपाटीसँगै अहिले अदालतमा चलिरहेको द्वन्द्वमा ‘कांग्रेस भर्सेस एमाले’ को प्रतिरुप प्रष्टसित देख्न सकिन्छ ।

एमालेले सर्वोच्च अदालतलाई तर्साउन खोजेको कांग्रेस नेताहरुले खुलेआम बोल्दै आएका छन् । यसबारेमा कांग्रेस सभापति देउवाले पनि बारम्बार बोलिरहेका छन् ।

यो परिस्थितिमा एकथरि मानिसहरुले प्रधानमन्त्री केपी ओलीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध उक्साएर यो परिस्थितिलाई महाअभियोगसम्म लैजान चाहेको कतिपयको विश्लेषण छ ।

पराजुलीको पदावधि सर्वोच्च अदालतमा धेरै छैन, तर उनलाई वीचैमा राजीनामा दिन बाध्य पार्ने, नभए महाअभियोग लगाउन सरकारलाई उक्साउने काम भइरहेको कांग्रेसनिकट वकिलहरुको विश्लेषण छ ।
तर, एमालेनिकट वकिलहरु भने जसरी पनि पराजुलीलाई पदावधि सकिनुअगावै हटाइएको हेर्न इच्छुक देखिन्छन् ।

त्यसो त प्रधानन्यायाधीश गोपाल पराजुली आम जनमानसमा पनि उत्तिकै अलोकपि्रय छन् । उनीमाथि महाअभियोग नै भए पनि लगाइनुपर्ने आवाज सोसल मिडियामा समेत चर्कैसँग उठ्ने गरेको छ । यसले पराजुलीको अलोकपि्रयताको पारो स्पष्ट पार्छ ।

उता ‘मेडिकल माफिया’हरुका विरुद्ध आन्दोलन गर्दै आएका डा. गोविन्द केसीको अभियान पनि अहिले एकसूत्रीय रुपमा प्रधानन्यायाधीश पराजुलीकै विरुद्धमा केन्द्रित भएको छ ।

तर, गोपाल पराजुली र सर्वोच्च अदालतमा उनको टीम कमजोर छैन । उनीहरुलाई नेपाली कांग्रेसको निकै दह्रो ‘ब्याकअप’ रहेको देखिन्छ । त्यसैले शक्तिशाली भनिएका प्रधानमन्त्री ओलीले राजीनामा दिन आग्रह गर्दैमा पराजुलीले टेर्ने छाँटकाँट देखिएको छैन ।’

तर, सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिबारे प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि सजिलो छैन । सोमबारको घटनापछि मंगलबार केही न्यायाधीशका इजलास बस्न सकेनन् ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पराजुलीले राजीनामा दिँदा राम्रो हुन्छ

प्रधानन्यायाधीशलाई भीमार्जुनको सुझाव- कि चोलेन्द्रलाई दण्डित गर, नभए नेतृत्व छाड

 

 

२०७४ फागुन २९ गते १५:०८ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • Ashis लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:१८

    Yo report neutral bhanda pani congress ko kaaryakartaa le lekheko jasto cha. Jasari executive le interfere garna hunxa hunna vanne bibad xa, media le pani ta politicalize garna vayena ni…

    20
    11
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:२६

    Oli ra Prachanda ko “KANOONI RAJYA” yahi ho?

    10
    12
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:३५

    अब अरुको त आशै रहेन,

    श्रीपशुपतीनाथले,

    हामीले ‘न्यायको आश’ गर्ने ठाउ(न्यायालय)को,

    रक्षा गरिदिउन l

    25
    2
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:३७

    यो ४ जनाको पोइ उर्फ किर्ते नागरिकता बोकेर जागीर खाने पराजुलीलाई की महाभियोग लगाएर हटाउ की राजिनामा गर्न लगाउ, तर देशै भरि गन्हाउने सिनु बनेर पदमा टाँसीरहने हो भने यिनलाई भौतिक कारबाही गरेर हामी जनताले न्याय दिनेछौ |

    39
    4
    Share

  • केके लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १४:३८

    भिमार्जुन आफूलाई ज्युरिसप्रुडेन्सको श्रोतनै ठान्दछन। उनी लाटो देशमा गाडो तन्नेरीको रुपमा उदायका छन।
    गोपाल पराजुलीले सर्वोच्चमा भ्रष्टाचारको नाङ्गो नाच गर्दा एक शब्द नबोल्ने, अहिले सम्म मौनता साधेर बसेको मान्छे चोलेन्द्रलाई दण्डित गर्नु पर्ने भनी किन उस्किए। गोपाल पराजुलीलाई दण्डित गर्नु पर्ने कि नपर्ने? गोपाल पराजुलीलाई दण्डीत गर्ने क्रममा चोलेन्द्रले चालेको कदमलाई अन्यथा भन्न मिल्दैन। महाअभियोग वाहेक अन्य कुनै उपाय छ भने भनुन भिमाअर्जुनले।
    न्यायपालिकाको शुद्धताको लागि अहिले जे जस्तो वितण्डाहरु मच्चिएको छ। त्यो एकदमै सही छ। यस्तै संघर्षको खाँचो थियो।
    र एउटा सुझावः महाभियोग लगाउने नै हो भने गोपाल पराजुलीलाई मात्र होईन । डम्बरवहादुर शाही, वमकुमार श्रेष्ठ, पुरुषोतम भण्डारी जस्ता भ्रष्ट न्यायाधीशलाई पनि महाभियोग लगाउन आवश्यक छ। न्यायापालिकाको शुद्धताको लागि यस्को बडो खाँचो छ।

    55
    3
    Share

  • kishor लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १५:२४

    के ल्यांगल्यांग गरिरा होलान ! खुरुक्क भोलि नै महा-अभियोगको प्रस्ताब सदनमा पेस गरे भैगो नी….वाहियात !!!

    16
    1
    Share

  • एल. पि. गौतम लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १५:५६

    गोपाल पराजुली ठिक या बेठिक के छन् कार्यपालिका जानोस् तर चोलेन्द्रशमशेरले जे गरे त्यो त इतिहासकै कालो धब्बा हो , एउटा न्यायाधिसले न्याय दिन कोशिस नै नगर्नु पनि अपराध हो अनि चोलेंद्रले अहिले सम्म के हेरेर बसेका रहेछन त? कि अबको प्रधान न्यायाधिस बन्न कसैलाई रिझाउन खोजेका हुन् ? हो पराजुलीका पछिल्ला न्याय सम्पादन पनि पद जोगाउने वा बेक्ती जोगाउने अभिप्रायले प्रेरित छैनन् भन्न सकिने अबस्ता छैन |

    3
    25
    Share

  • किसोर लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १७:२३

    यदी डा.गोविन्द के.सी.,अधिवक्ता ओम प्रकाश अर्याल र प्रितम सुवेदीको आरोपलाई सत्य मानेर जाने हो भने अव त गोपाल प्रसाद पराजुली किर्ते नागरिकताका प्रधानन्यायधिश मात्र रहेनन् उनी त नेपालका एक मात्र UNDER SLC प्रधानन्यायधिस पनि हुन भनि सारा नेपाली जनताले भन्न थालेसके| अन्तर्राष्ट्रिय रुपमानै नेपाल र नेपालीको यस्तो वेइज्जत हुदा समेत कहिँ नदेखिएको,सुशासन र सम्वृद्धिको भाषण गरेर कहिल्यै नथाक्ने सरकार र पार्टीहरु चाही कहा लुकेका छन् ? के नेपाल देसको प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा किर्ते नागरिकता र अन्डर एस.एल.सी.योग्यता भएको व्यक्ति पनि विराजमान हुन सक्छ ? यसको उत्तर सरकारले नागरिकलाई दिनै पर्छ |

    10
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this